
काठमाडौँ, १९ साउन । सरकारले सशस्त्र प्रहरी बलका तीन जना एआइजीहरुको सरुवा गरेको छ ।
प्रहरी कार्य तथा सीमा सुरक्षा विभागमा कार्यरत एआइजी पुष्पराम केसीलाई सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।
त्यसैगगरी, मानव स्रोत विभागमा कार्यरत रहेका अर्का एआइजी नारायण बहादुर थापालाई सीमा सुरक्षा विभागमा सरुवा भएको छ ।
यस्तै, सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआइजी रामशरण पौडेललाई मानव स्रोत विभागमा सरुवा गरिएको छ ।












प्रतिक्रिया