१८ कार्तिक २०८३, बुधबार

माेटरसाइकल गाडीसँग ठक्कर खाँदा एक युवकको मृत्यु

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काभ्रेपलाञ्चोक, १९ साउन । अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका–१४ साझा पेट्रोल पम्प नजिक बनेपाबाट साँगातर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स्कर्पियो गाडीसँग आज बिहान ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा बा ५७ प ९४६९ नम्बरको मोटरसाइकल चालक बनेपा नपा–१२ कोटथुम्काका २१ वर्षीय रविन थापाको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा १०ः३५ बजे मृत्यु भएको बनेपा प्रहरीले जनाएको छ ।

बा१७च ८११२ नम्बरको स्कर्पियोले बिहान १० बजे उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलमा सवार बनेपा नपा–१२ कोटथुम्काका २६ वर्षीय सविन थापाको उपचार भइरहेको छ । घटनापछि स्कर्पियो चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –रासस