मंगलबार, ३ भदौ २०७६
DainikNepal.com
मंगलबार, ३ भदौ २०७६

हर्कत गरेर विमान उडाउन खाेज्ने दुई पाइलट पक्राउ

दैनिक नेपाल २०७६ साउन १९ गते ९:३६

लण्डन, १९ साउन । स्कटल्याण्डको ग्लास्गो विमानस्थलबाट विमान उडानको तयारीमा रहेका दुई पाइलट पक्राउ परेका छन् ।

युनाइटेड एयरलाइन्सका दुई पालट अमेरिकाको न्युयोर्कका लागि विमान उडाउने तयारीमा थिए । विमान उडानका लागि जानु पूर्व भएको स्वास परीक्षणमा असफल भएपछि उनीहरू पक्राउ परेका हुन् ।

४५ र ६१ वर्षका ती पाइलट विरुद्ध कुनै उजुरी दर्ता गरिएको छैन तर उनीहरू थुनामै छन् । उनीहरुलाई मंगलबार अदालतमा पेश गर्ने तयारी रहेको बिबिसीले उल्लेख गरेको छ ।

स्कटल्याण्ड प्रहरीले दुई पाइलट पक्राउ परेको पुष्टि गरेको छ । युए १६२ फ्लाइटको विमान उडाउनु पूर्व उनीहरूलाई पक्राउ परेका हुन् ।

पाइलट पक्राउ परेपछि विमानको उडान रद्द भएको थियो । घटनापछि युनाइटेड एयरलाइन्सले वक्तव्य जारी गरेर आफूहरूका लागि यात्रुको सुरक्षा पहिलो प्राथमिकता रहेको उल्लेख गरेको छ ।

पक्राउ परेका पाइलटले रक्सी पिएको पाइएको थियो । यसमा कुनै पनि किसिमको सहनशीलता नदेखाइने एयरलाइन्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित