भोजपुर, १९ साउन । भाेजपुर जिल्लाको पौवादुङमा गाउँपालिका– १ का अध्यक्ष रुद्र बहादुर पान्डेको मृत्यु भएको छ ।
७२ वर्षीय वडाध्यक्ष पाण्डेको शनिबार अपरान्ह निधन भएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।
पाण्डेसँगै प्रदेश १ मा मृत्यु हुने जनप्रतिनिधि ७ पुगेका छन् ।
प्रदेश १ मा धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, संखुवासभाको मकालु गाउँपालिका प्रमुख खड्गबहादुर कटुवाल र पाँचथरको फाल्गुननन्द गाउँपालिका अध्यक्ष अमर बहादुर नेम्बाङको मृत्यु भइसककेको छ ।
मृत्यु हुनेमा धरान उपमहानगरपालिका ७, पाँचथरको हिलिहाङ गाउँपालिका ७, मोरङको धनपालथान गाउँपालिका २ का वडाअध्यक्षहरूको मृत्यु भइसकेको छ ।
ती स्थानमा यही मंसिर ४ गते उपनिर्वाचन हुने मिति तय भएको छ ।












प्रतिक्रिया