
सिन्धुली, १८ साउन । कमलामाई नगरपालिका–४ लब्दाह खोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ । खोलामा नुहाउन गएका फिक्कल गाउँपालिका– ५ सोल्पाका १० वर्षीय जेनिश श्रेष्ठको डुबेर मृत्यु भएको हो ।
प्रहरी उपरीक्षक चक्रबहादुर सिंहका अनुसार नुहाउन क्रममा श्रेष्ठ पानीमा डुबेका थिए । बेहोस भएका उनलाई स्थानीयवासीले उपचारका लागि सिन्धुली अस्पताल लगेका थिए । उनी जनज्योति माध्यमिक विद्यालय फोस्रेटारमा कक्षा २ मा अध्ययनरत थिए । –रासस












प्रतिक्रिया