१७ कार्तिक २०८३, मंगलबार

९ दिनदेखि बेपत्ता अर्यालकाे खाेजीका लागि अपील

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १८ साउन । झापा हल्दिवारी १ बस्ने उमाकान्त अर्याल ९ दिनदेखि बेपत्ता छन् । हराएको ९ दिन बितिसक्दा पनि उनी सम्पर्कमा आएका छैनन् ।

६८ वर्षीय अर्याल साउन ९ गते बिहान गोलधाप बजार जान निस्किएका परिवारले जनाएको छ । बजारबाट नफर्केपछि परिवार, सुरक्षाकर्मी, स्थानीवासी लगायत उनको खोजीमा लागेका छन् ।

हराएको ९ दिन बितिसक्दा पनि फेला नपरेका अर्याल घरबाट कालो अस्कोट, खैरो सर्ट, कालो पेन्ट र म्याजिक चप्पल लगाएर निस्किएका बुहारी राधा अर्यालले जनाएकी छन् । गहुँगाेराे वर्णका अर्याल करिब ५ फिट उचाइका छन् भने उनकाे एउटा कान केही खुम्चिएकाे छ ।

बेपत्ता अर्यालको खोजीका लागि परिवारले सार्वजनिक अपील गर्दै सम्पर्कका लागि ९८१७००५४८८ नम्बर उपलब्ध गराएका छन् ।