
कतार, १७ साउन । एनआरएनए आईसीसी कतारको सदस्यकोे लागि रमेश भट्टले आफ्नो उमेद्वारी घोषणा गरिसकेका छन् ।
भट्टले एनआरएनए आईसीसी पर्यटन प्रवर्द्धन नेपाल उपसमितिको सदस्य, नेपाल व्यबसायी संघ कतारको सहसचिव, विभिन्न सामाजिक जिल्ला संस्थाहरुको नेतृत्वको अनुभव हासिल गरिसकेका छन् ।
उनले आफूले हाँसिल गरेका अनुभवलाई संघ र समुदायकै सेवामा निरन्तर लगाउनु श्रेयकर ठान्दै गैरआवासीय नेपाली अभियानमा आफ्नो सक्रियतालाई निरन्तरता दिने सोचका साथ आगामी कार्यकाल २०१९–२०२१ को लागि आइसीसी सदस्यमा उम्मेदवारी घोषणा गरेको बताएका छन ।
आफ्नो घोषणापत्र सहित चुनावी प्रचारमा होमिएका भट्टको स्थायी घर बाग्लुड. भएतापनि अहिले भने काठमाडाैँका बासिन्दा हुन् ।
रोजगारीको सिलसिलामा कतारमा रहँदा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारमा आबद्ध हुँदै भट्टले २००९–२०११ को कार्यसमिति उपाध्यक्ष उम्मेदवारी तथा २०१७–२०१९ को कार्यसमिति सदस्यको रूपमा कार्य गर्ने अवसरलाई आफ्नो क्षमताले भ्याए सम्म संस्थागत र पद्धतिसंगत ढंङ्गले काम गर्ने प्रयास गरेका उल्लेख गरेका छन् ।















प्रतिक्रिया