३ कार्तिक २०८३, मंगलबार

माछापुच्छ्रे बैंक र ह्याम्स अस्पताल एंव सुमेरु अस्पतालबीच सम्झौता 

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ साउन । माछापुच्छ्रे बैंक लि. र धुम्बाराही स्थित ह्याम्स अस्पताल एंव सुमेरू ग्रुप अन्तर्गत संचालित सुमेरु अस्पताल, सुमेरु सिटी अस्पताल तथा बीच एक सम्झौता भएको छ ।

बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले सुमेरू अस्पताल तथा सुमेरु सिटी अस्पताल र ह्याम्स अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १०% सम्मको छुट प्राप्त गर्नेछन् ।

उक्त छुट माछापुच्छ्रे बैंकका डेविट कार्ड, क्रेडिट कार्ड एंव ग्राहक कार्ड लिएका ग्राहकमहानुभावहरु तथा बैंकका कर्मचारीरुहरुले प्राप्त गर्ने छन् ।

बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न अस्पताल तथा संघसंस्थाहरुसंग विभिन्न प्रकारका सेवा उपभोगमा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गर्दै आएको छ ।

बैँकले देशका विभिन्न स्थानमा आफ्ना १३१ वटा शाखाहरु लगायत ११२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २४३ स्थानवाट ग्राहकवर्गमा सम्पुर्ण बैँकिङ्ग सुविधा प्रदान गर्नुका साथै, बैँकको देशभर १४४ वटा एटीएमहरु मार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।