
पोर्चुगल, १६ साउन । आदिकवि भानुभक्त आचार्यको २०६ औँ जयन्तीको अवसरमा परदेशी भूमि युरोपेली मुलुक पोर्चुगलमा पनि कविता, गजल, मुक्तक लगायतका साहित्यक प्रस्तुति सहित नेपाली साहित्यकारहरुले आदिकविलाई सम्झिएका छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले आदिकवि भानुभक्त आचार्यको सम्झनामा आज आयोजना गरेको साहित्य विशेष कार्यक्रममा पोर्चुगलका एक दर्जन जति नेपाली साहित्य अनुरागीहरुले आ-आफ्नो रचनाहरु पाठ गर्दै आदिकवि आचार्यको सम्झना र सम्मान गरे ।
नेपाली महिला समाज पोर्चुगलकी महासचिव सरिता शर्माले आफ्नो गजलमार्फत आदिकविलाई सम्झिइन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) युरोप च्याप्टरका उपाध्यक्ष साहित्यकार सुनिल संगमको प्रमुख आतिथ्यतामा भएको साहित्यक माहोलमा अनेसास पोर्चुगलका अध्यक्ष वाइबी गुरुङ, उपाध्यक्ष कृष्ण कडेंल “जिज्ञासु”, महासचिव स्पन्दन विनोदले पनि साहित्यीक रचनाहरु पस्किएका थिए ।















प्रतिक्रिया