शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

धरातल बिर्सेका जीवनहरु

विवि श्रेष्ठ २०७६ साउन १६ गते १६:४६

-विवि श्रेष्ठ

सांसरिक निरन्तरताका श्रृंखला नै जीवनको एउटा मुख्य कडी हो । यथार्थतामा भन्दा भ्रममा बाँच्न अग्रसर मानवजातिहरु अधिकांश मात्रामा भ्रममा नै बाँच्दछन् र मर्दछन् । यही यथार्थतामा रम्नेहरुका भीडमा यथार्थयीय जीवन खोज्नेहरुको जीवन सन्तोषजनक कदापी बन्न सक्दैन । यही जीवनको पाटो हो । जहाँ हामीहरु यसका सहयात्री बनेर घिस्रिरहेका छौँ ।

जीवन नै एउटा रौद्र रुप हो । जहाँ जस्तोसुकै रुपहरु पनि प्रतिविम्वित हुन्छन् । त्यही रौद्ररुप हामीमा स्वचालित रहेको हुन्छ । संघर्षका स्वरुप सहज हुँदैन । जीवन आफैमा संघर्षको प्रतिमुर्ति हो । हरेक पाईलामा संघर्ष हुन्छ । फरक यति मात्र हो कि त्यसको स्वरुप समय, व्यक्ति र विषयअनुसार फरक फरक हुने गर्दछ । स्वरुप र रुप फरक भएता पनि त्यसको निचोड भनेको परिवर्तन नै हो । यसको हेक्का कमैलाई मात्र हुने गर्दछ । अतः जीवन संघर्ष हो भन्ने समेत ज्ञात नभएकाहरु जीवनलाई आफू अनुकुलतामा ढाल्न पनि अनेकन प्रयत्न गर्दछन् । तर, यो यत्न र प्रयत्न भने व्यक्तिको स्वाभाव, चेतना र दृष्टिकोण अनुसार फरक फरक रहेको पाइन्छ ।

कमजोर चेतना र संघर्षले जीवन सफल हुन सक्दैन । त्यही एकमात्र सत्यतालाई समेत नजर अन्दाज गरे परिवर्तन र संचारका नाममा आफनो धरातल बिर्सनेहरुको यो लामो लर्कोमा लर्किनेहरुको भीडमा आफैलाई पनि दर्ज भएको महसुस हुँदा छटपटिले पोल्ने गर्दछ ।

विचार र दृष्टिकोणमा सवलता भन्दा पनि अनुकुलतामा रम्नेहरुको भीडले अन्यलाई ओझेलमा पारिदियो । दुःख र पीडालाई कष्टकर जीवन व्यतित गर्नेहरु त्यसको समाधानका लागि समय र परिवेशलाई नै परिवर्तन उन्मुख भूमिका निर्वाह गरेका हुन्छन् । विचार र चेतनाले खारिनका लागि वैचारिक संघर्ष र सोही अनुसारको वातावरण र ईच्छाशक्ति भएको हुनुपर्दछ । त्यसमा नै दृढता हुनुपर्दछ । कमजोर चेतना र संघर्षले जीवन सफल हुन सक्दैन । त्यही एकमात्र सत्यतालाई समेत नजर अन्दाज गरे परिवर्तन र संचारका नाममा आफनो धरातल बिर्सनेहरुको यो लामो लर्कोमा लर्किनेहरुको भीडमा आफैलाई पनि दर्ज भएको महसुस हुँदा छटपटिले पोल्ने गर्दछ । दैनिकीको यो भीडमा केही पलको परिवर्तनकारी सोच दीर्घकालिन नहुँदा क्षितिजमा बिलाउनुको विकल्प नरहने रहेछ ।

परिवर्तन जरुरी छ तर, त्यो समय सापेक्ष र सुहाउँदो हुनु वाञ्छनीय हुन्छ । तर, खुट्टा भुँईमा राखेर, भारमा राखेर चर्को नारा र अभिव्यक्ति दिँदा कदापी नसुहाउँदो रहेछ । हरेकका यथार्थयीय धरातल रहेको हुन्छ, त्यही धरातलमा टेकेर जीवन जीउँदा नै जीवनको शाब्दिक अर्थ पूर्ण हुने गर्दछ । तर, यो अर्थपूर्ण जीवन भन्दा बाहिर गएर गरिने क्रियाकलाप समाज र जग सुहाउने नहुँदो रहेछ । जुन घटना र परिघटना हामीले हरेक पल–पलमा अनुभूति र अगिंकार गरिरहेका हुन्छौँ । त्यसकै पक्षपोषणमा समाहित गरिरहेका हुन्छौँ । जुन आम विषय बनिरहेको छ । यही यथार्थ धरातलको पाटोलाई अगिंकार गर्न नसक्दा जीवनका महत्वपूर्ण पक्षहरुनै धुमिल भएको हामीहरु कदापी हेक्का राख्न सक्दैनौँ ।

व्यक्तिको यथार्थ धरातल उसको चेतनास्तरमा निर्भर गर्दछ । चेतनास्तरको मापन व्यक्तिको बोल्ने शैली, व्यवहार र अभिव्यक्तिमा झल्कन्छ । आर्थिक रुपमा सम्पन्न हुँदैमा जीवन सफल र आर्थिक रुपमा विपन्न हुँदैमा जीवन असफल हो भनेर सोच्नु नै यथार्थ धरातल भन्दा बाहिर जानु हो । जुन हामी अंगिकार गरिरहेका छौँ । संसारमा पाईने र कमाउने भौतिक वस्तु जीवनका साध्य स्वरुप मात्र हुन् । जुन समयको अन्तरालमा यसको उपलब्धता कम र धेरै हुने गर्दछ । तर, आफ्नो यथार्थ धरातलमा टेकेरे त्यसलाई नभुल्नेहरुका लागि जीवन नयाँ खोज पनि हो । यद्यपी, धरातलमा अडिनु र त्यसको परिपालन गर्नु भनेको कमजोर चेतनास्तर र क्षमताविहिनताका लागि सम्भव कदापी हुन सक्दैन ।

जीवनको सबैभन्दा खराव पाटो खोज्ने क्रममा नियाल्दै र खोज्दै जाने हो भने धरातलको स्वरुप पाउन सकिन्छ । तर, यो खोज बजारमा पाइने बिकाउ वस्तु जस्तै सजिलै पाप्त गर्न कदापी सकिदैन ।

जीवनको सबैभन्दा खराव पाटो खोज्ने क्रममा नियाल्दै र खोज्दै जाने हो भने धरातलको स्वरुप पाउन सकिन्छ । तर, यो खोज बजारमा पाइने बिकाउ वस्तु जस्तै सजिलै पाप्त गर्न कदापी सकिदैन । जीवन सँगै वातावरणलाई अनुकुलतामा ढाल्नका लागि गरिएको क्रियाकलाप जब असफल हुन्छ । आफ्नो यथार्थ धरातल बिर्सेर जब व्यक्ति प्रस्तुत हुन थाल्दछ । त्यसपछि जीवन नरक बन्दछ ।

शारीरिक र मानसिक रुपमा विक्षिप्त मानसिकताको उपज त्यसपछि सकारात्मक बन्न सक्दैन । त्यसपछिका दिन र समयमा सोचिने घटनाक्रमहरुमा व्यक्तिको धरातलको रुपरेखा पाउन सकिन्छ । यसको स्वरुपमा देखिएको घटनाक्रम र त्यसपछि सम्हाल्न खोजेको गतिविधि शारीरिक र मानसिक रुपमा स्वतः कमजोर बनिदिन्छ र अरुलाई दिईने उपदेश बन्दछ । तर, त्यही वातावरण, त्यही सोँच र शैलीमा हुर्किएकाहरुका लागि त्यो उपदेश निरर्थक शिवाय केही हुन सक्दैन । जुन हामीमा गहिरोसँग गडेर बसिरहेको छ ।

परिवार, स्वार्थ, शक्ति र धरातल बिर्सेका हामी मानवजातिहरु संसारिक श्रृष्टिको निरन्तरतामा फसिसकेका छौँ । संघर्ष र जीवनका यर्थाथका लागि मानसिक र भौतिक रुपमा नै बलियो बन्नुपर्दछ । त्यसका लागि व्यक्तिको चेतनास्तर क्षमता र योग्ताको कसिमा दरिन आवश्यक छ । जुन आम मानव जातिका लागि सहज विषय बन्न सक्दैन । तसर्थ, धरातलिय यथार्थको त्यो कडीमा कदापी होमिन सक्दैन । जब हामी आफ्नो धरातल भुल्दछौँ, त्यहीबाट नै समस्या शुरु हुन्छ । त्यो समस्या समाधान गर्न हामी कदापी तत्पर हुँदैनौ । त्यसपछिका पल भनेका सहजता र अनुकुलताका लागि निरन्तरता, त्यसका लागि धरातलविहिन यात्रा नै हाम्रो पाइला बनिदियो ।

प्रतिक्रिया
सम्बन्धित