बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए),जनप्रगतिशील मंच लगायत विभिन्न संघ संस्थाको अनुभव बटुलेका चित्र सुबेदीले एनआरएनए एनसीसी बेल्जियम (२०१९–२०२१) को लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
रेस्टुरेन्ट व्यवसायी तथा सामाजिक अभियन्ता चित्र बेल्जियमको मात्र नभएर युरोप भरि नै एक होनाहार सक्रिय सामाजिक कार्यकर्ताका रुपमा चिनिन्छन् ।
एनआरएनए अभियान तथा सामाजिक परोपकारको क्षेत्रमा उनले अहम भूमिका निभाउँदै आएका छन् ।
प्रयटन प्रबर्धन तथा सामाजिक अभियान हुन् वा नेपालीहरुमाथि परेका समस्याका कुरा, चित्र इमान्दारीपुर्वक आर्थिक, नैतिक र भौतिक सहयोगमा हरदम तत्पर रहन्छन्।
उनले यो पटक सामाजिक छाता संस्थाको अध्यक्ष भएरै आफ्नो सेवाभावलाई अझ ब्यापकरुपमा नेतृत्व गर्न खोजिरहेका हुन् ।
















प्रतिक्रिया