१७ कार्तिक २०८३, मंगलबार

सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढ्यो : नेपाल प्रहरी

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १५ साउन । नेपाल प्रहरीले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मुलुकमा अपराधको सङ्ख्या वृद्धि हुँदै गएको बताएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले आज यहाँ आयोजना गरेको ‘लैङ्गिक हिंसा सम्बन्धी छलफल तथा अन्तक्र्रिया’मा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै विभिन्न आपराधिक घटनामा वृद्धि भएको बताइएको हो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सामाजिक विकृति र सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढेको बताउनुभयो ।

“गतवर्ष प्रहरीले ९७.५ प्रतिशत अपराधको सफल अनुसन्धान गरेको छ,”–उहाँले भन्नुभयो । सामाजिक विकृतिका कारण समाजमा देखिएका लैङ्गिक हिंसा, घरेलु हिंसा, हत्या आत्माहत्या घटनामा वृद्धि भएकाले यसलाई न्यूनीकरण गर्न समुदाय–प्रहरी साझेदारी कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाइ छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जकी प्रहरी निरीक्षक अनिता महतले समुन्नत समाज निर्माण गर्न प्रहरीले विद्यालय तहदेखि नै सचेतनात्मक प्रशिक्षण सञ्चालन गरेको बताउँदै नेपाल प्रहरीले महिला र बालबालिकाको मुद्दामा गम्भीर भएर अनुसन्धान गरेको उल्लेख गर्नुभयो ।

सामुदायिक प्रहरी सेवा केन्द्र बाँसबारीका अध्यक्ष रमेश खड्काले लैङ्गिक हिंसा तथा सामाजिक विकृतिका विरुद्ध सामुदायिक सेवा केन्द्रले काम गरिरहेको बताउनुभयो । –रासस