
काठमाडौँ, १४ साउन । एशियन डेभलपमेन्ट बैंक (एडीबी) को ट्रेड फाइनान्स प्रोग्राम (टिएफपि) तथा बैंक लक्ष्मी बैंक लिमिटेडबीच कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौतामा हस्ताक्षर भएको छ ।
एडीबी को ट्रेड फाइनान्स प्रोग्राम नेपालमा सन् २००९ देखि सञ्चालित रहदैं आएको छ भने यसले नेपालका दुई स्थानीय बैंकहरुसँग सहकार्य समेत गर्दै आएको छ ।
आजसम्म यस कार्यक्रमले २०० भन्दा बढी वित्तीय कारोबार (तचबलकबअतष्यलक) गरिसकेको छ । यसबाट ८२ मिलियन अमेरिकी डलरको सहयोग प्राप्त भएको छ । यसबाट कृषि कमोडिटी, निर्माण सामग्री तथा मेसिनरी, सोलार प्यानल तथा टेक्सटायल जस्ता विभिन्न ८० क्षेत्रका साना तथा माझौला व्यवसायहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
सम्झौता हस्ताक्षर पछि लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले “एडीवीको यस कार्यक्रममा सहभागी हुन पाउँदा लक्ष्मी बैंक गौरवान्वित भएकोको कुरा बताए । एडीबीको ट्रेड मेम्बर बैंकका रुपमा सहभागी भई अन साइट तथा अफ साइट कार्यहरु प्रति लगनशील रहेका कारणले हामी यस परियोजनामा सहभागी भएका हौं उनले उल्लेख गरे ।
लक्ष्मी बैंक नेपाली साना तथा मझौला व्यवसाय, कर्पोरेट, इन्स्टिच्युसनल तथा इन्फ्रास्टक्चर प्रोजक्टहरुमा ट्रेड फाइनान्स सेवा प्रदान गर्दै आइरहेको छ । यसबाट अन्तर्राष्ट्रिय बजारमा हाम्रा ग्राहकहरुले फाइदा लिन सक्नेछन् । वर्तमान अवस्थमा निजी क्षेत्रबाट गरिएको यस प्रकारको लगानीले आर्थिक वृद्धिमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको ।” कुरा उनले बताए ।
नेपालका लागि एडीवी इन्भेष्टमेन्ट स्पेसलिस्ट एण्ड रिलेसनसिप म्यानेजर ज्यानेट हाइडले “लक्ष्मी बैंकसँग गरिएको ट्रेड फाइनान्स प्रोग्रामले नेपालको वर्तमान आर्थिक वृद्धिमा विशेष सहयोग पुगेको छ ।” “यो नयाँ सुविधाले पुननिर्माणको कार्यले देशमा आर्थिक क्रियाकलाप हुनगई साना तथा मझौला व्यवसायको विकासमा सहयोग पुग्ने” उनले बताए ।
लक्ष्मी बैंकले आफ्नो वार्षिक प्रतिवेदनमा भएका विशेषता एवं प्रतिवेदनमा हुनु पर्ने गुणहरुको सम्मान स्वरुप अवार्ड समेत प्राप्त गरेको छ । सन् २००५ देखि लक्ष्मी बैंकले छुट्टै बीमा कम्पनी, प्राइम लाइफ इन्स्युरेन्स लिमिटेड सञ्चालित हुँदै आएको छ ।
सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज ४८ जिल्लामा ११० शाखाहरु, ३ हस्पितल काउन्टर, १३१ एटिएम तथा २५०० भन्दा बढी रेमिट्यान्स, ५८ शाखा सहित बैैैंकिङ्ग, ४०० भन्दा बढी मोबाइल एजेन्ट रहेका छन् ।
सूचना प्रविधिको माध्यमबाट बृहतस्तरमा सेवा प्रदान गर्न सफल भएको छ । तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण व्यावसायिक सेवाको क्षेत्रमा सेवा पुर्याउने एक प्रमुख बैंकिङ्ग सेवा प्रदायकको रुपमा बंैक अगाडि आएको छ ।
उच्चस्तरीय संस्थागत सु–शासान संस्कार, जोखिम व्यवस्थापन प्रणाली, र सक्षम प्रविधि लगायत उत्तम व्यवस्थापन भएको बैंकको रुपमा लक्ष्मी बैंक परिचित छ ।















प्रतिक्रिया