
लिस्बन, १४ साउन । पोर्चुगलको राजधानीमा लिस्बनमा “कस्केलीहरुको खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वभिमान” मुल नारा का साथ तेस्रो अधिवेशन सोमबार जिनाजियो क्लब मा सम्पन्न भएको छ ।
अधिवेशन दुई वर्षको लागि कृष्ण सुवेदीको अध्यक्षतामा, नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमिति को उपाध्यक्षमा पुर्ण तामाङ, बिक्रम गुरुङ, डिलबहादुर बर्देवा, धर्मराज बराल, अशोक दहाल, महासचिव मेघनाथ सुवेदी (दिपक) सचिव नवीन तिम्सिना, भुबन बराल, नारायण जङ शाह, राधाकृष्ण आचार्य र कोषाध्यक्ष राजेन्द्र बराल, सहकोषाध्यक्ष शोभा पुरी गिरी रहेका छन ।

गठित कार्यसमिति सदस्यमा प्रेम गुरुङ, उर्मिला गुरुङ, राजु सुबेदी, कोपिला भुजेल, रबिन पहारी, ओमकार अधिकारी र आनन्द थापा रहेका छन । सल्लाहकार नवीन बराल, रेमश आचार्य, मनिराम नेपाली, विकास गुरुङ, नारायण गुरुङ रहेका छन । समाजले रमेशकुमार गुरुङ को प्रमुख संरक्षक मा गोभिन्द प्रसाद पौडेल, सीता बराल, नारायण गुरुङ, यज्ञ तिम्सिना लाई चयन गरेको छ ।
कास्की जिल्ला घर भही पोर्चुगललाई कर्मथलो बनाउदै आएका कस्केली समुदायका योगदान प्रदान गरेको भन्दै राष्ट्रिय समाचार समिति पोर्चुगलका प्रतिनिधि भगवान गिरी, उत्पीडित जातीय समाज पोर्चुगल का अध्यक्ष मनिराम नेपाली, तमु समाज पोर्चुगलका अध्यक्ष बिकास गुरुङ लाई सम्मान गरेको छ ।
कास्की समाज अन्तर्रा्ष्ट्रिय समितिका संरक्षक एबम पोर्चुगलका प्रमुख संरक्षक रमेशकुमार गुरुङ को प्रमुख आतिथ्य सम्पन्न कार्यक्रम भएको हाे । कार्यक्रममा एनआरएनए पोर्चुगल का अध्यक्ष कुबेर कार्की चेम्बर अफ कमस पोर्चुगल का प्रतिनिधि शम्भु गौतम, कास्की समाजका केन्द्रिय महासचिव तथा निर्वाचन समिति सयोजक गोभिन्द प्रसाद पौडेल, केन्द्रिय महिला उपाध्यक्ष सीता बराल, प्रवासी नेपाली मञ्च का रोबर्ट लिम्बु, जन सम्पर्क समितिका अध्यक्ष बिनोद घिमिरे थिए ।

यसैगरी, जन प्रगतिशील मञ्च पोर्चुगलका डोलराज भण्डारी, नेपाली समाज का अध्यक्ष सोम सेर्पा, जन प्रगतिशील मोर्चाका महासचिव प्रदीप अधिकारी एकता समाज पोर्चुगल का अध्यक्ष गोम नाथ सुवेदी पत्रकार महासङ पोर्चुगलका सयोजक योगेन्द्र मिलन छन्त्याल, जनजाति महासङ पोर्चुगलका अध्यक्ष हेम गुरुङ, नेपाली महिला समाजकि अध्यक्ष निर्मला खराल ढकाल, नारी समाजका अध्यक्ष कला राई, गुल्मी समाजका अध्यक्ष युवराज पन्थी, स्याङ्जा समाज बिमल गौतम बागलुङ समाजका प्रेम खड्का, तनहुँ समाजका देबभक्त श्रेष्ठ ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
समाजका अध्यक्ष यज्ञ तिम्सिना को अध्यक्षता मा भएको कार्यक्रमको स्वागत मेघनाथ सुबेदीले गर्नु भएको थियो भने सन्चालन समाजका महासचिव नवीन बरालले गर्नु भएको थियो ।















प्रतिक्रिया