
कैलाली, १४ साउन । प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका-२ अत्तरिया बजारस्थित डेलिसेस होटेलबाट चितुवाको छाला २ थान सहित चुरे गाउँपालिका-१ निगाली बस्ने ३२ वर्षीय रामबहादुर बिष्ट र डोटी गढी केदार गाउँपालिका-५ भैरा बस्ने २३ वर्षीय राजेन्द्र थापालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले होटल जाँच गर्ने क्रममा कोठा नम्बर १ सय ११ मा बसेका उनीहरुलाई चितुवाको छालासहित फेला पारी पक्राउ गरेको हो ।












प्रतिक्रिया