३ कार्तिक २०८३, मंगलबार

क्लासिक टेक प्रालिकाे दशौँ वार्षिक उत्सव

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १३ साउन । क्लासिक टेक प्रालिले नेपालमा इन्टरनेट सेवा सुरु गरेको १० बर्ष भएको छ । विश्वकै उत्कृष्ट जीपीओएन प्रविधिबाट फाईबर इन्टरनेट सेवा प्रदान गर्दै यस संस्थाले नेपालको विभिन्न मुख्य शहरहरुमा सेवा उपलब्ध गराईसकेको छ ।

कम्पनीले नेपालको ७७ वटा जिल्लामा नेटवर्क बिस्तार गरिसकेको छ । साथै २१ वटा भन्दा बढी शाखाको स्थापना गरि करिब ९०० दक्ष जनशक्तिहरुका माध्यमबाट निरन्तर सेवा प्रदान गरिरहेको छ ।

यस कम्पनीसँग हाल १०० जीबीपीएसको फाईबर व्याकबोन रहेको छ भने एयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा ईन्टरनेटको व्यान्डविथ भित्र्याएको छ । यसका साथैं गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ । सो सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नै गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम भएको छ ।

आफ्नो दशौँ वार्षिक उत्सवको उपलक्षमा यस क्लासिक टेक ले मात्र रु. ४७१ प्रति महिनाको दरमा ५० एमबीपीएस स्पीड को सेवा बजारमा ल्याएको छ । एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले उक्त दरमा सेवा उपलब्ध सम्म गराउने भएकोले कम्पनीले जानकारी गराएको छ ।