
काठमाडौँ, १२ साउन । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बैतडी शाखाको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
पाटन नगरपालिका वडा न. ६, एयरपोर्ट रोड स्थित बैतडी शाखाको पाटन नगरपालिका मेयर केशव बहादुर चन्दद्धारा आइतबार समुद्घाटन सु–सम्पन्न भयो ।
उक्त कार्यक्रममा बैतडी जिल्लाका पूर्व उप–सभापतिहरु, दशरथचन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्र सिंह थापा तथा विभिन्न सरकारी निकायका प्रमुखहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, पत्रकार तथा स्थानीय समाजसेवीको उल्लेखनीय सहभागीता रहेको थियो ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको बैँकले जनायो ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।















प्रतिक्रिया