३० आश्विन २०८३, शुक्रबार

अष्ट्रेलियामा कार दुर्घटना, दुई नेपालीको मृत्यु

76.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ साउन । अस्ट्रेलियामा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ ।

अस्ट्रेलियाको कूमास्थित मोनारो हाइवेमा आइतबार बिहान दुर्घटना भएको हो । मृत्यु हुनेमा नेपाली विद्यार्थी समीक्षा सुवेदी र गोपाल भण्डारी छन् । तीव्र गतिमा रहेको कार अन्यिन्त्रित हुँदा सडकबार सँगैको रुखमा ठोक्किएको थियो ।

कारको अगाडि सिटमा रहेका एक जना र पछाडि सिटमा बसेकी अर्की युवतीको मृत्यु भएको बताइएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । उनीहरुको कूमा अस्पतालमा उपचार भइरहेको बताइएको छ ।