३ कार्तिक २०८३, मंगलबार

सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको नियुक्ति

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहायक प्रमुख कार्यकारी अधिकृतको नियुक्त गरेको छ ।

हालका प्रमुख कर्जा अधिकृत सुमित बाबु खत्री, प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले, प्रमुख जोखिम अधिकृत राजेन्द्र लाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उमंग शर्मा लाई मिति २०७६ कार्तिक १ गतेबाट लागू हुने गरी बैंककोे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

बैंकको स्थापनाकाल देखिनै आबद्ध चारै जनाले विभिन्न ओहदामा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । “भित्र सिस्टम र बाहिर इमेज” को नारालाई आत्मसाथ गर्दै कार्यपथमा लम्किरहेका बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकिङ क्षेत्रमा रहेको उहाँहरुको लामो अनुभवले बैंकलाई थप उचाइँमा लैजाने विश्वास व्यक्त गरेका छन् ।

करिब १९ वर्षको बैंकिंग अनुभव भएका सुमित बाबु खत्रीले १५ वर्ष कर्जा विभागको विभिन्न ओहदामा रही कार्यसम्पादन गरिसकेका छन् । प्रमुख कर्जा अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका खत्री अन्तर्गत हाल संस्थागत तथा व्यवसायिक बैंकिंग युनिट, उपभोक्ता बैंकिंग युनिट, एस. एम. ई. युनिट तथा सहवित्तीयकरण र पूर्वाधार बैंकिंग युनिट रहेका छन् ।

१९ वर्षको बैंकिंग अनुभव भएका पारस कुमार काफ्ले विभिन्न ओहदामा रही बैंकिंग सेवा प्रवाह गरेका छन् । शाखाको संचालन तथा व्यवस्थापन, नीति नियमको अनुपालन, संस्थागत कर्जा तथा एस. एम. ई. कर्जा जस्तो क्षेत्रमा अब्बल रहेका काफ्ले हाल प्रमुख संचालन अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका छन् ।

करिब १९ वर्ष देखि बैंकिंग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका राजेन्द्र लाल श्रेष्ठले विभिन्न ओहदामा रही कार्यसम्पादन गरेका छन् । शाखा संचालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्तो क्षेत्रमा उनको दक्षता रहेको छ । हाल उनी बैंकको प्रमुख जोखिम अधिकृतको रुपमा कार्यरत छन् ।

करिव १८ वर्ष देखि वाणिज्य बैंकमा सेवा प्रवाह गर्दै आएका उमंग शर्माले लामो समयसम्म कर्जा विभागमा उल्लेख्य काम गरेका छन् । हाल उनी प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका छन् । हाल उनी अन्तर्गत मानव संसाधन विभाग, सामान्य सेवा विभाग, र कर्पोरेट कम्युनिकेशन विभाग रहेका छन् । उनी बैंकको प्रवक्ता समेत रहेका छन् ।

“योर पार्टनर फोर प्रोग्रेस” भन्ने नारालाई शिरोधार्य गरी, मिति २०६४ बैशाख ७ गते देखि २० आंै वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याँउदै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५।७६ मा ७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरिे बैंकले दुई अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैँकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले बताए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।