३ कार्तिक २०८३, मंगलबार

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा उद्घाटन

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ साउन । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुला शाखाको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

बैँकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा शाखाको सुरुवात गरेको हो ।

महाकाली नगरपालिका वडा न. ४, खलंगा स्थित  खुलेकाे दार्चुला शाखाको उद्घाटन महाकाली नगरपालिकाका नगर प्रमुख हंस राज भट्ट तथा उघोग बाणिज्य संघ, दार्चुलाका अध्यक्ष मंगल सिंहद्धारा उद्घाटन गरेका थिए ।

समाजसेवी तथा वरिष्ठ चार्टड एकाउटेन्ट भाष्कर सिंह लालाको अध्यक्षतामा सम्पन्न उक्त क्रार्यक्रममा विभिन्न स्थानीय पदाधिकारी, व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । नयाँ शाखासँगै बैंकको कुल शाखा संख्या ८६ पुगेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट उक्त क्षेत्रका ग्राहकवर्गलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको बैंकका नायब महाप्रबन्धक अपूर्व प्रसाद जोशीले जनाए ।