१७ कार्तिक २०८३, मंगलबार

घरेलु कार्यालय दोलखाका खरिदार ७३ हजार घुससहित पक्राउ

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ९ साउन । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दोलखाका खरिदार पुष्कर अधिकारी ७३ हजार ९५० रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

होटल व्यवसाय दर्ता गरिदिन भन्दै घुस मागेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय दोलखाको टोलीले अधिकारीलाई सेवाग्राहीलाई ४ हजार घुससहित रंगेहात समातेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

प्रशासनको टोलीले अन्य सेवाग्राहीबाट घुस लिएको रकमसमेत उनको क्वार्टरबाट बरामद गरेको छ । रंगेहात बरामद ४ हजार र कोठाबाट बरामदसहित ७३ हजार नौ सय ५० रुपैयाँसहित अधिकारीलाई प्रशासनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बुझाएको छ ।

अधिकारीलाई अहिले हिरासतमा राखेर अख्तियारले अनुसन्धान बढाइरहेको प्रवक्ता कोइरालाले बताए । यसअघि बुधबार साँझ अख्तियारले दुईजना प्रहरी नायव निरीक्षकलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको थियो ।

मुद्धा मिलाइदिने भन्दै उनीहरुले सेवाग्राहीसँग १८ हजार घुस मागेका थिए ।