१७ कार्तिक २०८३, मंगलबार

जुवातास खेलिरहेका ७ जना पक्राउ 

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक, ९ साउन । बनेपा नगरपालिका-६ राम मन्दिर बस्ने माहाभारत गाउँपालिका-२ घर भएका ४३ वर्षीय दमाई सिंह वाईवाको घरमा जुवा तास खेलिरहेका उनीहसित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट नगद १ लाख ४७ हजार रुपैयाँ र १० बुक सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी बनेपा नगरपालिका-८ पुरानो खसी बजारबाट तेमाल गाउँपालिका-५ घर भई सोही स्थानमा डेरा गरी बस्ने ६४ वर्षीय चतुरमान तामाङको कोठामा जुवातास खेलिरहेका बेथानचोक गाउँपालिका-५ बस्ने ३० वर्षीय अमृतलामा लगायत ७ जनालाई नगद १ लाख २३हजार रुपैयाँ र १० बुक तास सहित बुधबारसाँझ प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।