शुक्रबार, ६ भदौ २०७६
DainikNepal.com
शुक्रबार, ६ भदौ २०७६

६ महिनापछि को बन्ला सिक्किमका मुख्यमन्त्री ? 

जगन दाहाल २०७६ साउन ९ गते १३:१६

सिक्किमको भावी राजनीतिको फैसला आगामी ३० जुलाईको दिन देशको सर्वोच्च न्यायालयको सुनवाईले तय गर्न सक्छ ।

एकातिर सत्तासीन राजनीतिक दल एसकेएमका सुप्रीमो तथा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) मुख्यमन्त्रीको कुर्सी बचाउन पार्टीलाई हम्मे परिरहेको बेला पार्टी कार्यकर्ता र सरकारद्वारा मनोनित पदहरूमा रहेका उच्च अधिकारीहरूमाझको तालमेलले पनि सरकारको सैद्धान्तिक कार्यहरूमाथि वाधा आइरहेको बुझिएको छ ।

पार्टी कार्यकर्ता र साधारण जनतामाझ हुने अनदेखा कार्यहरूले एसकेएमको राजनीतिक क्षेत्रमा कुनै असर नपर्ला तर नेता–नेताबीचको मनमुटाव र पद घमण्ड भने धेरै हानिकारक बुझिएको छ ।

आफ्नै सरकारका कतिपयः निर्णयबाट असन्तुष्ट पार्टी कार्यकर्ताहरूले मनमा सधैं यही कुरालाई अघि ल्याउँदैछन् की आगामी ३० जुलाईको दिन सर्वोच्च न्यायालयले मुख्यमन्त्री गोलेको मुख्यमन्त्री पदमाथि दिने फैसलाले गोले र एसकेएम पार्टीबीचको मायामोह यत्तिकै टिक्ला की नटिक्ला ? यस्तो प्रश्न उठ्न पनि स्वभाविक नै छ ।

अहिले सिक्किमका तीनवाटा निर्वाचन क्षेत्रमा उप चुनाव आउन बाँकी छ । यदी सर्वोच्च न्यायालयले मुख्यमन्त्री पीएस गोलेलाई मुख्यमन्त्री पदको निम्ति अयोग्य रहेको फैसला सुनाए सिक्किमको मुख्यमन्त्री पदमा कसले हक जमाउने भन्ने कुरा चर्चामा छ ।

आ–आफ्ना समर्थकको हिसाबमा हेर्दा अहिले अधिकांश जनताको मनमा तिमी नाम्फिङ निर्वाचन क्षेत्रका विधायक तथा पर्यटन विभागका मन्त्री बेदुसिंह पन्तको नाम अघिल्लो पङ्तिमा रहेको छ भने यसै होडमा अर्का नेता रहेका छन् मन्त्री अरुण उप्रेती ।

अहिले आएर सिक्किममा गोले पछिका जनमानसको दिमागमा बसेका र चर्चामा आएका मुख्यमन्त्रीका दाबेदारी भनेका यिनै दुई जना पाइएका छन् । केही प्रतिशत मानिसहरूले आगामी मुख्यमन्त्रीको निम्ति पीएस गोलेकै छोरा आदित्य गोलेको नाम लिएका छन् भने कतिले गत विधानसभा चुनावमा उनको सम्भाषणलाई याद राख्दै वर्तमान मानव संसाधन विकास विभागका मन्त्री कुङ्गा नीमा लेप्चाको नाम पनि अघि ल्याएका छन् ।

बारम्बार सचिव खालिङले मुख्यमन्त्रीमाथि लागेका दोषहरूलाई छोप्ने कोशिष गर्नु, यता विपक्षीदलमा रहेको एसडीएफ पार्टीको सामाजिक सञ्जालले मुख्यमन्त्री गोले र सचिव खालिङबीचको अन्तरद्वन्द्वलाई सार्वजनिक गर्दै आइरहेको छ भने सचिव खालिङ आफ्नो पक्षबाट उक्त आरोपहरूको खण्डन नगरी केवल मुख्यमन्त्री गोलेलाई जोगाउने पक्षमामात्र वक्तव्य दिइरहेका छन्

चुनाव अघि उनले आफ्नो सम्भाषणमा कतिपयः स्थानहरूमा महिला मुख्यमन्त्री बनाउने, कतै सिक्किमका क्षत्री बाहुन समुदायबाट र कतै भोटिया लेप्चाबाट पनि मुख्यमन्त्री बन्न सक्छन् भन्ने वक्तव्यले अहिले जनता अन्योलमा छन् की भावी मुख्यमन्त्री को बन्नेछन् त ?

केही महिनाको प्रतिक्षामा रहेको उपचुनाव भन्दा पनि चाखलाग्दो विषय के रहेको छ भने मुख्यमन्त्री गोले र उनका राजनीतिक सचिव जेकब खालिङबीचको मनमुटावको हल्ला । बारम्बार सचिव खालिङले मुख्यमन्त्रीमाथि लागेका दोषहरूलाई छोप्ने कोशिष गर्नु, यता विपक्षीदलमा रहेको एसडीएफ पार्टीको सामाजिक सञ्जालले मुख्यमन्त्री गोले र सचिव खालिङबीचको अन्तरद्वन्द्वलाई सार्वजनिक गर्दै आइरहेको छ भने सचिव खालिङ आफ्नो पक्षबाट उक्त आरोपहरूको खण्डन नगरी केवल मुख्यमन्त्री गोलेलाई जोगाउने पक्षमामात्र वक्तव्य दिइरहेका छन् । तर आफूहरूबीचको द्वन्द्व भने आफ्नो मुखबाट कहिल्यै सार्वजनिक हुन दिएका छैनन् ।

विपक्षीद्वारा सार्वजनिक गरिएका अडियो रेकर्डहरू विषयमा मुख्यमन्त्री गोले र सचिव खालिङद्वारा कुनै प्रतिक्रिया नआउनुमा कतै यस भीडीयोले सत्यताको वकालत त गरेको छैन भन्ने पनि पार्टी कार्यकर्ताहरू माझमा चर्चा छ ।

अर्कातिर, केही राजनीतिक जानकार व्यक्तिहरूको भनाइलाई मान्ने हो भने यदी मुख्यमन्त्रीको पदमा पीएस गोलेका छोरा आदित्य गोले नभए वर्तमान मुख्यमन्त्री पीएस गोलेको राजनीतिक भविष्य पनि खतरामा रहनेछ । पार्टी अध्यक्षको अनुपस्थितिमा पार्टीको मेरुदण्ड बनेर बसेका मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ र मुख्यमन्त्री तथा पार्टीका अध्यक्षमाझ नै राम्रो साँठगाँठ नभए पार्टीकार्यकर्ता र सिक्किमे जनताको उपेक्षित परिवर्तनको लक्ष्य कहाँ पुगेर टुङ्गिने हो यसको पनि टुङ्गो लगाउन मुस्किल देखिन्छ ।

सिक्किम विधानसभाको उपचुनावले पाँच वर्षका निम्ति सरकार बनिने तय देखिए पनि अहिलेसम्म सार्वजनिकरूपमा भने कुनै पनि पार्टीका नेताहरू सक्रिय देखिएका छैनन् । एसडीएफ पार्टीकै पनि पर्दा पछिका केही नेताहरूले उपचुनावको निम्ति आफ्नो चन्द्रमा दाहिने नरहेको कुरालाई मनमा राखिसकेका छन् तर पार्टी अध्यक्ष पवन चामलिङ भने तिनै कार्यकर्ता र नेताहरूको साथले आगामी उप चुनाव जितेर पुनः सत्तामा पुग्ने आफ्नो लक्ष्य राखिरहेका छन् ।

एसडीएफ र एसकेएम बीच नै हुने यस उपचुनावमा अहिलेसम्म पनि कुनै पार्टीले तीनै वटा उपचुनावको निम्ति भने उम्मेद्वार देखाउन सकेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित