आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

मन्त्रीलाई पार्टीको विभागीय जिम्मेवारी ! यस्तो छ पूर्वमाओवादी समूहको तयारी

दैनिक नेपाल २०७६ साउन ८ गते १५:१२


काठमाडौँ, ८ साउन । नेपाल कम्युनिष्ट पार्टीभित्रको पूर्वमाओवादी पक्षले आफ्नो भागमा परेका विभागको जिम्मा विभागीय मन्त्रीहरूलाई दिने भएको छ।

नेकपाका ३३ विभागमध्ये १४ वटा पूर्वमाओवादी केन्द्रको भागमा परेका छन् । अहिले सरकारमा पूर्वमाओवादीका तर्फबाट सात जना मन्त्री छन् ।

विभागीय मन्त्रीहरूलाई पार्टीभित्रको विभागको पनि जिम्मेवारी दिएपछि बाँकी विभागहरू अरू नेतालाई दिनेगरि छलफल भइरहेको स्रोतले जनाएको छ ।

पूर्वमाओवादीको भागमा परेका विभागमध्ये राजकीय मामला तथा सुशासनमा गृहमन्त्री रामबहादुर थापा, जलस्रोत, सिंचाइ तथा उर्जामा वर्षमान पुन, कृषि तथा भूमिसुधारमा चक्रपाणि खनाल, वन तथा वातारवणमा शक्ति बस्नेत, उपभोक्ता हित तथा आपूर्तिमा मातृका यादव, शिक्षा तथा मानव स्रोतमा गिरिराजमणि पोखरेल र खानेपानी तथा सरसफाइ विभाग प्रमुखमा बीना मगरलाई पठाइने भएको छ ।

नेकपाको कोष तथा आर्थिक व्यवस्थापन, पुस्तकालय तथा अभिलेख, राष्ट्रिय सुरक्षा प्रर्वद्धन, विज्ञान तथा प्रविधि, साहित्य कला तथा संस्कृति, स्थानीय तह र प्रचार तथा प्रकाशन विभाग पनि पूर्वमाओवादीको भागमा परेको छ।

अब बस्ने सचिवालय बैठकले विभाग प्रमुखहरुको टुंगो लगाउनेछ ।

प्रतिक्रिया
सम्बन्धित