बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

भारतीय गुप्तचरको सक्रियताप्रति भीम रावलको आपत्ति

दैनिक नेपाल २०७६ साउन ७ गते १६:११

काठमाडाैँ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख समान्तकुमार गोयलको सक्रियताप्रति आपत्ति जनाएका छन् ।

मंगलबार दिउँसो ट्विट गर्दै नेकपा नेता रावलले नाम उल्लेख नगरी भारतीय दूतावासको सक्रियताप्रति आपत्ति जनाएका हुन् । रअ प्रमुख गोयलसहितका केही उच्च सुरक्षा अधिकारी आएको अवसरमा भारतीय दूतावासले जलपानका लागि नेता, सांसद र पत्रकारलाई निम्ता गरेको थियो ।

दूतावासले सांसद, पत्रकार र नेतालाई बोलाएर अर्ती दिनु कूटनीतिक मर्यादा विपरित भएको उनको भनाइ छ। उनले यस्ता गतिविधि रोकनुपर्ने उल्लेख गरेका छन् ।

बहुमतले सरकारलाई अधिकार र सामर्थ्य दिएको अवस्थामा दूतावासका गतिविधि कूटनीतिक मर्यादाविपरित भएको उनको भनाइ छ ।

‘कुनै देशको दूतावासले सांसद, पत्रकार र नेताहरूलाई बोलाएर अर्ती दिने कूटनीतिक मर्यादा विपरीतका गतिविधि अब रोकिनु पर्छ’, रावलले ट्विटमा लेखेका छन्, ‘नेपालमा शान्ति प्रक्रियाको समयमा वाह्य शक्तिको अचाक्ली चलखेल थियो । रोक्ने सामर्थ्य सरकारसंग थिएन’, हाल संविधान र जनताको बहुमतले सरकारलाई अधिकार र सामर्थ्य दिएको छ ।’

प्रतिक्रिया
सम्बन्धित