आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

ठगीको पैसामा पूर्वसभासदका छोराको रजगज !

दैनिक नेपाल २०७६ साउन ७ गते ९:५८

काठमाडौं, ७ असार । ठगी गरी जम्मा पारेको पैसामा पूर्व सभासदका छोराले रजगज गरिरहेका छन् । राजनीतिक पहुँचका नाममा उनले एउटा सप्लायर्स कम्पनीलाई डुबाउने नियत नै राखेका छन् ।

मण्डिखाटारमा रहेको क्वालिटी सप्लायर्स प्रालिको ८२ लाख रकम ठगी संविधानसभाकी पूर्वसभासद रामकुमारी दुलारी चौधरीका छोरा बिमल चौधरी मस्ती गरिरहेका छन् । परिवारका सदस्यले उनी सम्पर्कमा आउने बताइरहे पनि उनको ठगी धन्दा अति नै भएको छ ।

कम्पनीसँग कागज गरी आफूले गायब बनाएको रकम फिर्ता दिने कागज गरेका चौधरीविरुद्ध कम्पनीले प्रहरी गुहार्ने तयारी गरेको छ । ‘आज भोली भन्दा भन्दै निक्कै समय पर्खियौं अब उसलाई पर्खिनेवाला छैनौं’, कम्पनीका एक अधिकारीले भने,‘हामीले धेरै समय दियौं, अब त अति भयो ।’

आफूले रकम हिनामिना गरेको र त्यो चल अचल सम्पत्तिबाट तिर्छु भनी कम्पनीसँग चौधरीले गरेको कागज

रकम चलाएको उल्लेख गरी तीन महिनाभित्र तिर्ने सर्तको कागज गरेका चौधरी एक बर्ष पुगेको छ । पूर्वसभासद चौधरीले आफ्ना छोराले ठगी गरेको स्वीकार गरी तिर्ने बचन दिएकी थिइन् । २३ मंसिर २०७५ मा केही महिनामा सावाँ व्याजसहित चुक्ता गर्छु भनी चौधरीले कागज गरेका थिए ।

‘हामीले समयमा पैसा चुक्ता गरी यो झन्झटबाट मुक्त हुनका लागि सुझाव दियौं । तर उनले हुन्छ भनेर पनि सम्पर्कमा आएनन् । आएका बेला दिन्छु भन्ने र त्यसपछि गायब हुने क्रम चलिरह्यो’, कम्पनी स्रोतले भन्यो,‘बाध्य भएर हामी प्रहरी गुहार्न पर्ने अवस्था आएको छ ।’

स्रोतका अनुसार चौधरीले ठगीको उक्त रकम डान्स बार र रेष्टुरेन्टमा लगानी गरेका छन् । आमाको राजनीतिक पहुँचका आधारमा विभिन्न वित्तिय संस्थालाई पनि उनले गुमराहमा राखेको खुलेको छ ।

प्रतिक्रिया
सम्बन्धित