बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

मुक्तिनाथ विकास बैंक र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच सहकार्य

दैनिक नेपाल २०७६ साउन ६ गते १५:१९

काठमाडौँ, ६ साउन । मुक्तिनाथ विकास बैंक लिमिटेड र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालको तोकिएका शुल्कमा छुट दिने  सम्बन्धमा सहकार्य भएको छ । अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पत्रमा ग्राण्डी अस्पतालको तर्फबाट वजारीकरण तथा व्यवसाय विकास विभाग प्रमुख श्री दिनेश पौड्याल र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका थिए ।

सम्झौतापछि मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले ग्राण्डी अस्पताल, टोखामा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने व्यवस्था गरिएको बैँकका सूचना अधिकारी तिल बहादूर गुरुङ्गले जानकारी दिए ।

मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी ११९ वटा शाखा, २५ वटा ए.टि.एम. र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बैँकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका ATM बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया
सम्बन्धित