
काठमाडौँ, ६ साउन । एनआईसी एशिया बैंकले मोरङ जिल्लाको विराटनगर महानगरपालिका–७ स्थित गोल्छा चोकमा विराटनगर विस्तारित काउण्टर सञ्चालनमा ल्याइएको छ ।
बैंकले सञ्चालनमा ल्याएको विस्तारित काउण्टरको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले गरे ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ९२ शाखा कार्यालयहरु, ३ सय २ एटीएम, ५० वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
करिब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका बैंकले जनाएको छ ।
साथै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
कले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप एक्सटेन्सन काउण्टर सञ्चालन गर्ने योजना अगाडि सारेको बैंकले जनाएको छ ।















प्रतिक्रिया