शनिबार, ७ भदौ २०७६
DainikNepal.com
शनिबार, ७ भदौ २०७६

‘खुमलटारको दया कृपामा नेकपामा पूर्वएमालेको जिम्मेवारी तोकिने होइन’

दैनिक नेपाल २०७६ साउन ६ गते १०:५६

काठमाडौं, ६ साउन । पार्टीका ७७ जिल्ला कमिटीका इञ्चार्ज र सह–इञ्चार्ज टुंगो लगाएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नेताहरूको विभागीय जिम्मेवारीका विषयमा बहस सुरु भएको छ ।

विभिन्न विभाग मध्ये १४ पूर्वमाओवादीको भागमा परेका छन् । त्यसमा पूर्वएमालेले कुनै दाबी गरेको छैन । तर, संगठन, स्कुललगायतका केही विभागमा भने पूर्वमाओवादीले बखेडा निकालेपछि सतहमा यसबारे टिप्पणी हुन थालेका छन् ।

नेकपा सचिवालय सदस्य बामदेव गौतमले संगठन विभागको जिम्मा आफूले पाएको बताउँदा अर्का सदस्य नारायणकाजी श्रेष्ठले भने जिम्मेवारी नदिइएको बताएका छन् । उता स्कुल विभागमा ईश्वर पोखरेल तय भइसक्दा अर्को विवाद निकालिएको छ ।

यसै सन्दर्भमा नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै लेखेका छन्,‘नेकपाका पूर्वएमाले कसैको जिम्मेवारी खुमलटारको दया, कृपा र सहमतिमा तोकिने होइन, त्यहाँको दुख सीमा थाहा नपाउने सायदै कोही होला ?’

प्रतिक्रिया
सम्बन्धित