शनिबार, ३० कार्तिक २०७६
DainikNepal.com
शनिबार, ३० कार्तिक २०७६

विद्यालयलाई पाँच करोड अनुदान

दैनिक नेपाल २०७६ साउन ५ गते १६:५१


पाल्पा, ५ साउन । पाल्पाको माथागढी गाउँपालिका ३, सराइस्थित दिव्यज्योति माविले रु पाँच करोड अनुदान पाउने भएको छ । नमूना विद्यालयका रुपमा छनोटमा भएपछि रु पाँच करोड अनुदान पाउने विद्यालयका अध्यक्ष रेखीराम रानाले बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा नमूना विद्यालयको रुपमा छनोटमा परेपछि पाँच करोड अनुदान पाउन सफल भएको हो ।

नमूना विद्यालयले भौतिक पूर्वाधारलगायतका क्षेत्रमा काम हुने गरी रु ५ करोड अनुदान प्रदान गर्ने व्यवस्था मन्त्रालयको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित