आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

पूर्वमाओवादीमा ईश्वर पोखरेलविरुद्ध कस–कसको गठजोड ?

पूर्वएमाले भागको स्कुल विभागमा 'कचकच' नगर्न ओलीको सुझाव

दैनिक नेपाल २०७६ साउन ५ गते १५:५५

काठमाडौं, ५ साउन । पार्टी एकताको अन्तिम चरणमा नेताहरूको जिम्मेवारी बाँडफाँट सकिएको अवस्थामा ‘स्कुल विभाग’मा पूर्वमाओवादीले कचकच गर्न थालेको छ ।

पूर्वएमालेको भागमा परेको स्कुल विभागमा दाबी नछाडिने भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटारमा आइतबार विहान पूर्वमाओवादी नेताको बैठक चलेको थियो ।

उक्त बैठकमा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल पनि सहभागी थिए । अनौपचारिक बैठकमा स्कुल विभाग पूर्वमाओवादीको भागमा नै आउनुपर्ने अडान प्रधानमन्त्री ओलीसँग आफूले राख्ने प्रचण्डले बताएका थिए ।

प्रचण्डसँग वैचारिक हिसाबमा सैद्धान्तिक बहसमा उत्रिएका नेता पोखरेलले स्कुल विभाग पाए जनताको बहुदलीय जनवादमा आधारित ‘स्कुलिङ’ पार्टीभित्र पर्ने भएपछि पूर्वमाओवादी अत्तालिएका हुन् । तर, अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एमालेका भागमा परेका विभागका विषयमा धेरै चिन्ता नलिन र नसोच्नका लागि सुझाव दिएको स्रोतले जनायो ।

‘कस–कसको भागमा के–के विभाग परेको छ, त्यसले जिम्मेवारी दिने र सम्हाल्ने काम गर्छ । त्यसैले पार्टीभित्र भएको सहमतिका आधारमा नै अघि बढ्न प्रधानमन्त्रीको सुझाव थियो’, स्रोतले भन्यो,‘पूर्वएमालेको भागमा परेको विभागमा कुन प्रभावशाली नेताले जिम्मा पाउँछन् त्यो उनीहरूको सरोकारको विषय भयो, अरुको होइन ।’

पूर्वएमालेका निर्वाचित महासचिव पोखरेल सैद्धान्तिक लाइनमा स्पष्ट मानिन्छन् । त्यसैले ओली स्कुल विभागमा पोखरेलको विकल्प चहाँदैनन् । पूर्वएमालेका नेताको बैठक बसेपछि सचिवालयमा रहेका नेताको जिम्मेवारी बाँडफाँट गरिएको थियो । आफ्ना भागमा परेका मध्ये विदेश विभाग नेता माधवकुमार नेपाल, प्रतिष्ठान विभाग झलनाथ खनाल, संगठन विभाग बामदेव गौतम र स्कुल विभाग पोखरेललाई जिम्मा दिइएको थियो ।

‘यो वाइयातको कचपच हो, यसमा प्रचण्डलगायतका अन्य पूर्वमाओवादी नेताले दाबी र विरोध गर्नुको कुनै अर्थ छैन’, नेकपाका एक नेता भन्छन्,‘यसमा दुई अध्यक्षबीच भएको पहिलाको सहमतिअनुसारकै निर्णय हुन्छ । दायाँबायाँ हुँदैन ।’

नेकपाको राजनीतिक प्रतिवेदनमा पूर्वमाओवादीले भनेको जनताको जनवाद भन्दा जनताको बहुदलीय जनवाद राख्दा उचित हुने विषयमा पोखरेलको मत रहँदै आएपछि त्यसको रिस फेर्नका लागि उनको कार्यक्षमता भएको स्कुल विभागमा पूर्वमाओवादीले कचकच गर्न थालेको धेरैको बुझाई छ । तर, उक्त विभागमा पोखरेलको विकल्पमा कोही आउन सक्ने स्थिति छैन ।

प्रतिक्रिया
सम्बन्धित