आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

माइला लामाले को-को सँग उठाउँदै थिए चन्दा ? प्रहरीले भेट्टायो यस्तो सूची

दैनिक नेपाल २०७६ साउन ५ गते १४:५८

काठमाडाैँ, ५ साउन । प्रतिबन्धित नेकपा कम्युनिष्ट पार्टी विप्लव समूहका उपत्यकाका ब्यूरो इन्चार्ज माइला लामाको साथबाट प्रहरीले चन्दाको सूची बरामद गरेको छ ।

शनिबार राति पक्राउ परेका लामाको चन्दा उठाउन तयार पारिएको चार सय जनाको लिस्ट भेटिएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

लामाले सानादेखि ठूला व्यापारीबाट ५ लाखदेखि २० लाखसम्म चन्दा उठाउने तयारी गरेको भेटिएको प्रहरीले जनाएको छ । उनलाई महाशाखाको टोलीले राति काठमाडौँको काडाँघारीबाट नियन्त्रणमा लिएको थियो ।

लामा काठमाडौं उपत्यकामा भएका बम विस्फोटका प्रमुख योजनाकार भएको प्रहरीले दाबी गरेको छ । यही अभियोग उनलाई मुद्दा चलाउने प्रहरीले तयारी थालेको छ ।

यो पनि पढ्नुहाेस् :

माइला लामाविरुद्ध ‘ज्यान मार्ने’ र ‘बम विस्फोट’विरुद्धको मुद्दा चलाइने

-विप्लवलाई काठमाडाैं उपत्यकामा ठूलाे झट्का, ठूला नेता पक्राउ

 

प्रतिक्रिया
सम्बन्धित