३ कार्तिक २०८३, मंगलबार

एक वर्षमा एक हजार उद्योग थप

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


घोराही, ३ साउन । दाङमा आर्थिक वर्ष २०७५/७६ मा एक हजार ७२ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/७६ मा एक हजार ७२ वटा उद्योग दर्ता भएका छन् । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको भन्दा बढी हो ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख वासुदेव रिजालका अनुसार जिल्लामा आव २०७४/७५ मा एक हजार दुई उद्योग दर्ता भएका थिए । थपिएका उद्योगमा रु एक अर्ब ३८ करोड पाँच लाख २९ हजार ४७ लगानी भएको प्रमुख रिजालले बताउनुभयो । सो बाट रु एक करोड तीन लाख ७९ हजार पाँच सय पाँच राजश्व सङ्कलन गरिएको छ ।

एक वर्षको अवधिमा ७८२ उद्योग नवीकरण गरिएका छन् । दुई वटाको अन्य संशोधन गरिएका, १५५ को लगत कट्टा गरिएको कार्यालय प्रमुख रिजालले बताउनुभयो । पछिल्लो समयमा जिल्लामा उद्योगको सङ्ख्या वृद्धि हँुदै गएको उहाँको भनाइ छ ।

कार्यालयले विभिन्न शीर्षकबाट रु दुई करोड ५२ लाख ६९ हजार ७५६ राजश्व सङ्कलन गर्न सफल भएको छ । उद्योग प्रशासनमार्फत रु एक करोड तीन लाख ७९ हजार ५०५, वाणिज्य प्रशासनबाट रु एक करोड ४३ लाख ६९ हजार ६६०, उत्पादित सामान बिक्रीबाट रु चार लाख ९६ हजार ५९१, बेरुजु दाखिला रु एक हजार र बोलपत्र बिक्री रु २३ हजार राजश्व सङ्कलन गरिएको प्रमुख रिजालले बताउनभुयो ।

कार्यालयले गरेका कार्यबाट सीपमूलक तालीम प्रदान गरी लघु उद्यमीको सङ्ख्या थप भएको, बेरोजगारीलाई रोजगारी प्रदान गर्ने कार्यक्रम आकर्षण बन्दै गएको, प्रविधि हस्तान्त्रण गरी न्यून आयभएका उद्यमीलाई थप हौसला प्रदान भएको, कच्चा पदार्थको उपयोग गर्ने सकिने उद्योग स्थापना गर्न प्रोत्साहन गरेको प्रमुख रिजालले जानकारी दिनुभयो । –रासस