
काठमाडौँ, ३ साउन । कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं. ४ अन्तर्गत म्याग्दी र नवलपरासी जिल्लामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा न. ८, बेनी बजार र नवलपरासी जिल्ला (बर्दघाट सुस्तापूर्व) गैंडाकोट नगरपालिका वडा नं. ४, बेल्डिहामा यही श्रावण ३ गते एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरि कारोवार शुभारम्भ गरेको छ । यो सँगै अब बैंकको शाखा संख्या ९६ पुगेका छन् ।
बेनी शाखाको कारोबार शुभारम्भ बेनी नगरपालिकाका मेयर श्री हरि कुमार श्रेष्ठ र बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रमपमा गर्नु भएको थियो । कारोवार शुभारम्भ समारोहमा वडा नं. ८ का वडा अध्यक्ष रामकृष्ण बराली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्मचार्य र बैँकका प्रदेश नं. ४ का प्रमुख टुबराज बास्तोला लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी गैंडाकोट नगरपालिकाका मेयर श्री क्षेत्रराज पौडेल र बैंकका सञ्चालक श्री भीम प्रसाद तुलाचनले संयुक्त रमपमा बेल्डिहा शाखाको कारोबार शुभारम्भ गर्नु भएको थियो ।
काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९६ वटा शाखा तथा ४५ वटा एटीममार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, सी एएसबीए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।















प्रतिक्रिया