शनिबार, ७ भदौ २०७६
DainikNepal.com
शनिबार, ७ भदौ २०७६

धनगढी विस्फोटमा विप्लव समूहकै हात, भन्छ-आत्मरक्षालाई बोकेको बम पड्कियो

दैनिक नेपाल २०७६ साउन ३ गते १३:४३

काठमाडाैँ, ३ साउन । हिजो साँझ कैलालीकाे धनगढीस्थिन शहीद गेट नजिकै भएको शक्तिशाली विष्फोटमा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको संलग्नता देखिएको छ । यसलाई पार्टीले स्वीकार गरेको  छ।

घटनाको मुलकारण ‘दलाल पुँजीवादी संसदीय व्यवस्था’ भएको भन्दै यसको सम्पूर्ण जिम्मा केपी ओली नेतृत्वको सरकारले लिनुपर्ने भनिएको छ ।

शुक्रबार दिउँसो समूहको सेती–महाकाली ब्यूरो इञ्चार्जले निर्माणको नामबाट विज्ञप्ति जारी गर्दै पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको जनाएको छ । विस्फोटमा विप्लव समूहका रामबहादुर सिंह ‘राजेश’काे मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

घाइते कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये सेरलामा पनि विप्लव समूहकै कार्यकर्ता भएको दाबी गरिएको छ । तर,  विज्ञप्तिमा उनीहरु सर्वसाधरण भएको उल्लेख गरिएको छ ।

साथै,  घाइतेहरुको उपचारकाे जिम्मा पार्टीले लिने भन्दै उपचारमा कुनै कमी हुन नदिन पनि अनुराेध गरिएको छ ।

‘विष्फोटमा परी घाइते हुनु भएका सर्वसाधारण नागरिकको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘घाइतेको उचित उपचारको व्यस्वस्था पनि पार्टीले गर्ने प्रतिबद्धतासहित अस्पताल परिवार र उपचारमा संलग्न स्वास्थ्यकर्मीमा घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिन पार्टी विनम्र अनुरोध गर्दछ ।’

हेर्नुहाेस् विज्ञप्ति :

प्रतिक्रिया
सम्बन्धित