शनिबार, ७ भदौ २०७६
DainikNepal.com
शनिबार, ७ भदौ २०७६

कांग्रेस नेता केसीसँग मानव बेचविखनमा परेका सुनबहादुरको डाइरेक्ट कनेक्शन

दैनिक नेपाल २०७६ साउन ३ गते १०:१४

काठमाडौं, ३ साउन । मानव बेचविखनमा सजाय पाएका नुवाकोट  दुप्चेश्वर गाउँपालिका–१ का अध्यक्ष सुनबहादुर तामाङको डाइरेक्ट कनेक्शन नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसँग रहेको खुलासा भएको छ ।

यस्तै, कांग्रेस नुवाकोट सभापति जगदिरनरसिंह केसीसँग पनि उनको कनेक्शन रहेको खुलेको हो । सुनबहादुर तामाङलाई हालै मात्र अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

सुनबहादुरले कांग्रेसका नुवाकोटबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेतासँग बलियो सम्बन्ध बनाएका थिए । उनको डा. रामशरण महत, प्रकाशशरण महतसँग पनि गतिलो सम्बन्ध रहेको बताइन्छ ।

काठमाडौं जिल्ला अदालतले ८ लाख धरौटीमा रिहा गर्न आदेश दिए पनि मानव बेचबिखन सम्वन्धी अर्को पुरानो मुद्दाको फैसला कार्यान्वयन बाँकी रहेकाले उनी प्रहरी नियन्त्रणमै छन् । तर नेताहरूको पहुँचका आधारमा उनी रिहा हुन खोजीरहेको बताइएको छ ।

कांग्रेस नेता अर्जुनरसिंह केसी, नुवाकोट सभापति जगदिरनरसिंह केसीसँग मानव बेचविखनका सजाय भोगीरहेका सुनबहादुर ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सुनबहादुरलाई फेरि अदालतमा पेश गर्ने तयारी गरेको छ । सुनबहादुरले दुई सयभन्दा बढी चेलीहरुलाई भारतका बेश्यालयहरुमा लगेर बिक्री गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको थियो ।

२०५३ सालमा दुई किशोरीलाई झापा हुँदै भारत बेच्न लैजान लागेको मुद्दामा ६ वर्ष कैद सजाय भएको थियो ।

गएको ७ चैतमा मा नुवाकोट जिल्ला अदालतले भने उनलाई मानव बेचबिखन मुद्दामा ३७ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । सोही मुद्दामा उनलाई पक्राउ गरिएको थियो ।

२ महिनाअघि नयाँ मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई ८ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यसविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन पनि गरेको थियो ।

२५ वर्षदेखि सुनबहादुर युवती बेचबिखनमा संलग्न रहेको प्रहरीले जनाएको छ । भारतको दिल्ली तथा मुम्बईमा उनले कोठी चलाउँदै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया
सम्बन्धित