शनिबार, ७ भदौ २०७६
DainikNepal.com
शनिबार, ७ भदौ २०७६

२५ वटा सरकारी स्कूल बन्द भएकाे कुरा श्‍वेतपत्रमा आउनुपर्छः एसडीएफ पार्टी

दैनिक नेपाल २०७६ साउन ३ गते ८:३७

जगन दाहाल

गान्तोक, ३ साउन । सिक्कम सरकारका कामको श्‍वेतपत्र निकाल्नु कुनै ठूलो कुरा होइन भन्दै एसकेएम सरकारले पूर्व सरकारको कार्यको श्‍वेतपत्र जारी गर्ने कुरामा श्‍वेतपत्र जारी गर्नु सरकारको रुटिन वर्क रहेको एसडीएफ पार्टीका प्रवक्ता एमके सुब्बाले बताएका छन् ।

श्‍वेतपत्र जारी गर्ने यस विषयलाई लिएर हल्ला गर्ने कुनै काम छैन भन्दै एसडीएफ सरकारमा सरकारका कार्यकालका एकसय अधिक श्‍वेतपत्रहरू निस्किसकेको पनि उनले बताए ।

इन्दिरा बाइपासस्थित एसडीएफ भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसडीएफ पार्टीका प्रवक्ता एमके सुब्बाले उक्त कुराहरू बताएका हुन् ।

अर्कोतिर रोलू पिकनिकबाट आरम्भ भएको एसकेएम पार्टीको गर्भे परिवर्तन जन्मिँदा उनीहरूलाई नै सरम लागिरहेको भन्दै एसकेएम पार्टी सरकारमा नआउँदा जस्तो अराजक थियो अहिले पनि त्यस्तै रहेकाे सुब्बाले बताए ।

गएको भानु जयन्तीमा मुख्यमन्त्री गोलेले आफूलाई नेपालका पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेलसन मण्डेलासँग तुलना गरेको कुराले उनीहरूको बेइज्जत भएको पनि बताए ।

नेलशन मण्डेला साडे २७ वर्ष आफ्ना जनताको निम्ति जेल बसेका थिए तर मुख्यमन्त्री गोले भने करप्सन चार्जमा, गाई घोटालामा जेल बसेका थिए ।

मुख्यमन्त्री गोलेलाई राजनीति ए बी सी डी-बाट शुरु गर्नुहोस नेलशन मण्डेलाबाट होइन भन्दै मुख्यमन्त्रीले सिक्किममा नेलसन मण्डेलाको बेइज्जत गर्ने काम गरेको बताए ।

अर्कोतिर सिक्किमका विद्यार्थीलाई पनि राजनीतिकरण गरेर राजनीतिक रोटीसेक्ने काम गरेको भन्दै उनले उनले विद्यार्थीलाई राजनीतिकरण गर्नुहुँदैन भन्ने एसडीएफ पार्टीको अडान रहेको पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित