
काठमाडौँ, २ साउन । प्रभु बैंक लिमिटेडले निक्षेपकर्ताहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले बुधबारदेखि प्रभु वेलकम र प्रभु स्यालरी सेभिङ बचत खातामा औषधोपचार र दुर्घटना बीमा सुविधा सञ्चालनमा ल्याएको छ ।
यो सुविधाको माध्यमबाट प्रभु वेलकम र प्रभु स्यालरी सेभिङ खाता योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेकर्ताहरुको औषधोपचार बीमाबापत तीन लाख रुपैयाँ र दुर्घटना बिमा बापत दश लाख रुपैयाँसम्मको जोखिम बैंकले वहन गर्नेछ ।
प्रभु बैंकले सञ्चालनमा ल्याएको यस बीमा सुबिधाले यी दुई बचत खाता योजना अन्तर्गत खाता हुने निक्षेप ग्राहकहरुले देशका विभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने विभिन्न १५० प्रकारका रोगहरुको उपचार पश्चात बीमा दावी गर्नसक्नेछन् ।
यस्तै, अकल्पनिय दुर्घटनाबाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बीमा दावी गरी लाभान्वित हुने बिश्वास बैंकले लिएको छ ।
यस सम्बन्धमा बिस्तृत जानकारीको लागी आफूलाइ पायक पर्ने बैंकको शाखा कार्यालयहरुमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।















प्रतिक्रिया