आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

सशस्त्र प्रहरी रुपन्देहीकाे राजश्व संकलनमा उल्लेखनीय वृद्धि

दैनिक नेपाल २०७६ साउन १ गते १९:१८

-प्रतिक पौडेल
भैरहवा, १ साउन । सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म रुपन्देहीले राजश्व संकलनमा उल्लेखनीय रुपमा वृद्धि गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा अवैध रुपमा भारत बाट नेपाल ल्याउने समान नियन्त्रणमा लिई गरिएको राजश्व संकलन उल्लेखनीय रुपमा वृद्धि गरेको हो ।

आर्थिक वर्ष २०७५/०७६ मा सशस्त्र प्रहरी बल रुपन्देहीले ३ करोड ३ लाख ४३ हजार ६ सय ३२ रुपैया राजश्व संकलन गरेको जानकारी सशस्त्र प्रहरी नायव उपरिक्षक गोविन्द बहादुर खातीले दिए । आर्थिक वर्ष २०७४/०७५ मा ४८ लाख १७ हजार १ सय ५५ रुपैया राजश्व संकलन भएको थियो ।

सशस्त्र प्रहरी बल रुपन्देहीले संकलन गरेको राजश्वमा अवैध रुपमा नेपाल भित्रेका समानहरु बाट १ करोड ३ लाख ८ सय ९६ रुपैया, सवारी साधन बाट ८९ लाख २० हजार रुपैया, १५ लाख ९८ हजार रुपैयाको नष्ट गरिएको मध्य, बिगो धरौटी ४८लाख ८० हजार १ सय ७६ रुपैया र नगद बरामद ४६ लाख ४४ हजार ३ सय ६० रुपैया रहेको छ ।

सशस्त्र प्रहरी बलले मुख्य रुपमा भारत बाट अवैध रुपमा नेपाल भित्रने समानहरुमा लत्ता कपडा, किराना पसलका समानहरु, हार्डवयर समान, कस्मेटिक, मोवाइल फोन रहेको छ भने नष्ट गरिने मध्ये कुखुरा र चल्लाहरु रहेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा अवैध रुपमा भारत बाट नेपाल ल्याउने सवारी साधन तथा पक्राउ परेका व्यक्तिको संख्यात्मक विवरण पनि सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म रुपन्देहीले दिएको छ जसमा ट्रक १, बलेरो पिकअप तथा कार ५, मोटरसाईकल ११, साईकल २ र २७ जना ब्यक्ती रहेका छन् ।

बलले लागु औषध बरामद गरेर नेपाल प्रहरीलाई बुझाएको पनि जानकारी दिएको छ । सशस्त्र प्रहरी नायव उपरिक्षक गोबिन्द बहादुर खातीले बलले रुपन्देही जिल्लामा हुने विभिन्न समाजिक क्रियाकलापहरुमा पनि सहभागी हुने गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित