बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

..जब जेनीले आफ्ना प्रेमीको कोठामा अर्की युवती देखिन्

दैनिक नेपाल २०७६ साउन १ गते १३:५२

काठमाडाैँ, १ साउन । प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् ।

त्रिपुरेश्वर, सुकुम्बासी टोलकी जेनी तामाङ असार ३० गते साँझ प्रेमी भीमबहादुर मगरको जन्मदिन मनाउन बालाजु पुगेकी थिइन् । तर, उनले प्रेमीकै घरको शौचालयमा झुण्डिएर आत्महत्या गरेकी छन् ।

प्रहरीले प्रेमी मगरसँगै प्रविना नगरकोटीलाई नियन्त्रणमा लिएको छ । जेनीलाई आत्महत्या गराउन बाध्य पारेको आरोपमा भीमबहादुर र प्रविनालाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता भोविन्द्र बोगटीले जानकारी दिएका छन् ।

प्रविना पनि भीमकी प्रेमिका रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

जेनी असार ३० गते साँझ प्रेमी १९ वर्षीय भीमको कोठामा गएकी थिइन् । ३० गते भीमको जन्मदिन थियो । प्रेमीको जन्मदिन मनाउन भनेर त्रिपुरेश्वरबाट बालाजु पुगेकी जेनीले भीमको काेठामा अर्कै युवतीलाई भेटिन् ।

भीमसँग अर्की युवती प्रविनालाई देखेपछि उनीहरुबीच झगडा समेत परेको प्रहरीले जनाएको छ । झगडापछि प्रविनाको सल मागेर शौचालय गएकी जेनी लामो समय नआएपछि हेर्न जाँदा त्यही सलको पासोमा झुण्डिएको भेटिएकी थिइन् ।

‘त्यसपछि हामीले प्रहरीलाई खबर गर्यौँ’ भीमले प्रहरीसँगको बयानमा भनेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित