आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

४ घण्टा लामाे छलफलपछि नेकपाकाे एकता प्रक्रिया टुङ्गियाे

दैनिक नेपाल २०७६ असार ३१ गते १९:४९

काठमाडौं, ३१ असार ।
नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया टुंगिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा ४ घण्टा लामो छलफलपछि थाती रहेको एकता प्रक्रिया टुङ्गिएको नेकपाका महासचिव विष्णु पौडेलले बताए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताबीच ४ घण्टा लामो छलफल भएको थियो । एकता प्रक्रियाका सम्पूर्ण गृहकार्य सम्पन्न भएको स्रोतले जनाएको छ । ‘एकताको गृहकार्य हार्दिकताका साथ सम्पन्न भएको छ’, सञ्चारकर्मीलाइ बताउँदै महासचिव पौडेलले भने ‘गृहकार्यको निष्कर्ष छिट्टै बस्ने सचिवालय बैठकमा प्रस्तुत हुन्छ । निर्णय गरेर कार्यान्वयनमा जान्छ । सम्पूर्ण विषयमा गृहकार्य सकिएको छ ।’

शीर्ष नेताबीचको सहमतिमा यसअघि नै राजनीतिक प्रतिवेदन पारित गरेर प्रकाशनार्थ पठाइ सकिएको छ । केन्द्रीय निकाय तथा विभाग तथा जनवर्गीय संगठनको कार्यविभाजनका विषयमा पनि गृहकार्य टुंग्याएको महासचिव पौडेलले बताए ।

एकताअन्तर्गत सम्पूर्णलाई उचित जिम्मेवारी प्रदान गरिने निर्णय पनि भएको बताए । यसको अन्य विवरण आउँदो सचिवालय बैठकपछि सार्वजनिक गरिने पौडेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित