२९ आश्विन २०८३, बिहिबार

पस्मिनाको जवानी तोरीको गुन्द्रुक !

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-अतुल अतित/मनोवाद 

जाडोको पारिलो घाम उकालो लाग्दै थियो । दैनिकी चलाउनका लागि मानिसको भिँड गन्तव्यतिर तँछाड मछाड गरि लागिरहेका थिए ।

स्कुले नानीहरू टाई बाँधेर भविष्यको लेखनदासी प्रक्रियामा उत्रिन थालेका थिए ।

तर चार जना लक्का जवान भने आफ्नै भोकमा लिन थिए, हवसको खोजीमा चलिरहेको थियो ।

हवस, सम्झौताको समभोगका लागि । बलात्कारी मानसिकता भने फिटिक्कै थिएन ।

सुन्धारादेखि अलिकति अगाडि एउटा क्याफेमा, हवसको भोजन तयार थियो– नाम पस्मिना ।

उसको न्वारानचाहिँ एउटा शिकारीले गरेको थियो । ‘सेक्स शिकारी’ ! उसले साथी मध्येका तीन जनालाई आफूले बिताएको समयबारे व्याख्या गर्दै भन्यो– वाह ! पस्मिना जस्तो, कोमल । मजा आयो बोस् !

पस्मिना, सम्झौताकी युवती । एक अर्थमा कलगर्ल भन्दा नि हुने । उसको आफ्नै नियम थियो– रात नबिताउने, दिनको वास्ता नगर्ने ! अर्थात्, हवसका भोका बोकाहरूका लागि दिवाकालिन सेवा दिने उसको बानी रहेछ !

चुरोट पिउँथी । वियरका बोतल उसका प्रिय थिए । मन्द नशामा नशालु ढिमिक्क मिलेको ज्यानलाई फ्याँक्न कुनै आपत्ति पनि थिएन । तर, गोप्यतामा ।

चारै जनासँगको जम्काभेट भयो उसको । एउटा थियो चुरोटप्रेमी । क्याफेको कुनामा चुरोट मगायो । पस्मिनाले वेटरलाई भनी– दुईटा ल्याउनु । एउटा सेतो !

ठ्याक्क उसको चर्म रङ्गको । हल्का मोटी । ज्यान ट्वाक्क मिलेकी । उस्तै मानिसको नजर उसका शरिरमा परे, एक पटक मस्तीमा हराई हालौं जस्ती ।

चार जना मध्ये एउटा पर्यो छट्टु । एउटा सम्भोगको लठ्ठु । अर्को, कार्यक्रम गरिसकेपछिको थकित पट्टु । अन्तिमचाहिँ अरुका इच्छा र आतुरतामाथिको विचारक । सायद, यो लेखक ।

पस्मिनाका शरिरका हाउभाऊदेखि उसको स्वीकारोक्तिबारे बुझेका चारै जना मुखामुख छन् । पस्मिनाले सेतो चुरो सल्काई, धुँवा मास्तिर उडाई । अनि भनी,‘को–को रमाइलो गर्ने ?’

त्यसका बाजे, लठ्ठुलाई लाज लागेछ । निक्कै बेर हाँस्यो । छेउमा बसेको अर्को साथीलाई इशारा गर्यो । त्यो सम्भोगको अपिलबारे खासै कोही बोलेनन् ।

सम्भोग भनेको हरेक पटक तीन सय क्यालोरी खर्च गर्ने काम हो, यसले मानिसलाई तन्दुरुस्त राख्छ भन्ने थाहा थिएन, उनीहरूलाई ।

सबैको मौनता देखेपछि पस्मिनालाई के भयो कुन्नी, उसले अनुमति मागी– म जान्छु ल ! कोही बोलेन । उ आफ्नो गन्तव्यतिर लम्किन निमेष पनि लगाइन ।

०००

पस्मिना हिँडेपछि सुरु भयो चारै जनाको गफ । त्यस मध्येको एउटाले भन्यो,‘तन्दुरुस्तीको सामान त पस्मिना हो । हैट ! उसको जवानीलाई चाखेपछि तोरीको गुन्द्रुकको याद आउँछ ।’

छेउमा चुरोटको सर्को तानिरहेको अर्को अलिकति पुलकित भयो । उसले भन्यो,‘तिमी तोरीको गुन्द्रुक खाऊ, पस्मिनाको जवानी चाख्ने वातावरण मिलादेऊ यार ! सुनेरै पानी पानी भइयो ।’

अझ आशक्ति देखाउँदै थियो । उसको त्यो भोक देखेर एउटा भनाई सम्झनामा आयो– ‘म मेरो विस्तरामा छु, तिमी तिम्रो विस्तरामा छौ । तर, हामी दुवै गलत ठाउँमा छौं ।’

केही बेर पस्मिनाका अगाडि त्यहि भएको थियो । र त उसले प्रस्ताव गर्दा पनि सबै नाजवाफ भए । त्यति बेला कसैले भनेन,‘यो तिम्रो खुट्टाको बीचमा हुन्छ । यो मेरा लागि हुन्छ बुझ्यौ ? लौ हिँड ।’

एकजना कवि ओस्कार वाइल्डले भनेको चिज झ्वाट्ट सम्झनामा आयो– हरेक चिज सम्भोगको प्रतिक्षामा सम्भोग गरिरहेका हुन्छन् । किनभने सम्भोगले नै शक्ति आर्जन गर्छ ।’

त्यो शक्ति ग्रहण गर्ने क्षमता एउटाले राख्यो, अन्य त ट्वाँ ।

‘मैले जीवनमा नै पहिलो पटक देखेको यस्तो युवती । म त छक्कै परें हैट !’ बल्ल बल्ल एउटाले मुख खोल्यो ।

‘जीवनमा यस्ता धेरै देखिन्छन् साथी, भेटिन्छन् साथी । तर खल्तीमा गाँठ र लैजाने आँट हुनुपर्छ । तिमी नामर्द भयौ’, अर्काले प्याच्च भनियदियो ।

त्यसो त यो अवसरलाई कसैले पनि सही हिसाबले उपयोगचाहिँ गरेका थिएनन् । त्यसबेला अमेरिकी अभिनेता स्टिभ मार्टिनले दिएको विचार नै अँगाल्न नसक्ने नामर्द जस्तो सबै भएका थिए । मार्टिनले भनेका थिए,‘खाना थालमै खाइन्छ, पानी धारामै पिइन्छ । सेक्स जहाँ भेट्यो त्यहिँ गरिन्छ ।’

सम्भवतः पस्मिनाले त्यो अवसर दिएकी थिइ । त्यो अवसरको उपभोग गर्न नसक्ने गलत उपभोक्ताको मेला लागे जस्तो भयो । नत्र त कसैले भनिहाल्थ्यो नि– मलाई तिमि चाहियो, म तिमिलाई चहान्छु, तर नग्न । मेरो विस्तरामा । तुरुन्तै !’

०००

सहर असाधारण मानिसहरूको क्रिडास्थल मात्र होइन, साधारणको मनोरञ्जनको महासभा पनि हो । धुन र शैली जे होस् पस्मिनाको शरिरको शीतलताले जवानीको गर्मी पखाल्नु पर्ने थियो, तिनिहरूले ।

संसारमा यस्ता पनि हिसाबकिताब हुन्छन् कि– एक एक जोडे तीन हुन्छ, यदि तिमीले प्रयोग गरेनौ भनें । तीन बनाउने रहर पक्कै होइन, दुई नै रहने थियो । पस्मिनाले भनेकी थिइ त– उसको ब्यागमा कण्डम छ !

कोही अत्तालिएन, कोही उत्ताउलिएन । बस्, पश्मिनाको शरिर र बोलीमा लठ्ठ भयो । कसैले भनेन– थोरै तनावमा बस, धेरै सम्भोग गर । त्यो आँट निकालेन ।

चारै जना निष्कर्शहिन शैलीमा उठे, लागे आफ्नै गन्तव्यतिर । पस्मिना त्यसपछि कहिल्यै भेट भएन । तर तोरीको गुन्द्रुकचाहिँ बेलामौका पाक्दै होला घर–घरमा ।

(कल्पनामा आधारित कथा )