लन्डन । महिला अभियन्ता सुशीला राईले एनआरएनए यूकेको नयां कार्यसमिति (२०१९–२०२१) नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
राईका तर्फबाट आइतबार एम्पायर हलमा आयोजित सभामार्फत औपचारिक घोषणा गरिएको हो । सन् २००७ मा बेलायत आएदेखि नै गैरआवासीय नेपाली संघ युकेको सदस्य रहेकी राई यसअघिको कार्यसमितिमा महिला संयोजक र हाल उपाध्यक्ष छिन् ।
अस्वस्थताका कारण राईको प्रतिवद्धता एनआरएनए युके पूर्व महासचिव विजय विक्रम लिङ्देनले पढेर सुनाएका थिए ।
लामो समयदेखिको सामाजिक कार्यको रुचि र अनुभव, एनआरएनए युकेमा दुई कार्यकालको अनुभव र बेलायतको १२ वर्षको बसाइले यहांका प्रवासी नेपालीको पीडा, समस्या, दुःख राम्रोसंग बुझेको र एनआरएन युके जस्तो संस्थाले के गर्नुपर्छ भन्ने पनि चाल पाएको जनाउंदै राईले गैरआवासीय नेपाली संघ युकेको नवौं कार्यसमितिमा अध्यक्ष पदमा उम्मेदवारी दिने आंट गरेको बताइन् ।
डा. सुमाया राई प्रमुख अतिथी रहेको घोषणासभामा ड्यासमा बस्ने अधिकांश महिला थिए ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङ, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनी, जनप्रगतिशील नेपाली मञ्च यूके अध्यक्ष सुरेश गौतम, काउन्सिलर प्रवेश केसी, किरात याक्थुङ चुम्लुङ यूके अध्यक्ष कमला लिम्बु, किरात राई यायोख्या बेलायत अध्यक्ष कल्पना राई, ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष जीव बेल्वासे, नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याल, जंग सुनुवार, नन्दकुमारी लिम्बु, लिला सेलिङ, कोपिला सुब्बा, कर्मा पहाडी शेर्पा, राम गलामी, मानबहादुर गुरुङ, भोलाविक्रम राई, सूर्य खापुङ, नैनसिंह गुरुङ लगायतले शुभकामना दिएका थिए ।















प्रतिक्रिया