३० आश्विन २०८३, शुक्रबार

नासाको अध्यक्षमा बिष्टको उम्मेदवारी घोषणा

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क । अमेरिकाको दक्षिण पूर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा)को आगामी २०१९ देखि २०२१ को लागि अध्यक्षमा नासाका पूर्व महासचिव शिव विष्टले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

अध्यक्षका उम्मेदवार विष्टले संस्थासंग आवद्ध विभिन्न व्यक्तित्व र बुद्धिजीवीहरुको परामर्शका आधारमा उम्मेदवारी घोषणा गरिएको बताएका छन् ।

विष्टले अध्यक्षको उम्मेवारी घोषणासंगै संस्थालाई हाँक्नका लागि विभिन्न कार्ययोजना सार्वजनिक गरेका छन् । विभिन्न कार्ययोजनाहरूमा उनले संस्थाको गरिमालाई अझ शसक्त बनाउन नासाको कार्यक्षेत्रमा रहेका स्थानीय संघ संस्थाहरूसंग समन्वय गरी विविध सामाजिक तथा साँस्कृतिक कार्यक्रम सन्चालन गर्ने, नासाको सम्पर्क कार्यालय स्थापना गर्ने, नेपाल र प्रवासमा रहेका नेपाली र नेपालीभाषी समुदायको पीरमर्कालाई राहत दिनका लागि आकस्मिक कल्याणकारी कोष स्थापना गर्ने, दैबी प्रकोप कल्याणकारी कोष तत्काल स्थापना गरी मातृभूमिमा परि आउने प्राकृतिक बिपत्तिमा सक्दो राहत वितरणमा सहयोग गर्ने योजना बनाएका छन् ।

नेपाली भाषा , कला, साहित्य र सस्कृतिको प्रवर्धनका लागि हरेक बर्ष नेपाल फेस्टिवल संचालन गर्ने , नेपालीहरुको चाडपर्व र नयाँ बर्षमा नेपाली कला र संस्कृतिको गरिमा कायम राख्न विविध कार्यक्रमहरु गर्ने प्रतिबद्ता अगाडी सारेका छन् ।

नासा क्षेत्रका सामाजिक संघ संस्था संग समन्वय गरि आपसी हितका लागि विभिन्न साझेदारी कार्यक्रमहरु गर्न आफु लागि पर्ने बताएका छन्। नेपालको पर्यटन प्रवर्धनका लागि पर्यटन बर्ष २०२० लाई सफल पार्न अमेरिकाको दक्षिण पूर्वी राज्यहरुमा बिबिध कार्यक्रमहरु आयोजना गर्ने बताएका छन् ।