३ कार्तिक २०८३, मंगलबार

साइन रेसुंगा डेभलपमेन्ट बैंक’ र ‘खल्ती डिजिटल वालेट’बीच सम्झौता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । ‘साइन रेसुंगा डेभलपमेन्ट बैंक’ र ‘खल्ती डिजिटल वालेट’बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

साइन रेसुंगा डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमोद पौडेल र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार अब साइन रेसुंगा डेभलपमेन्ट बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सम्झौताको बारेमा बोल्दै साइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रमोद पौडेलले प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिराखेको बताए ।

‘जसको माध्यमबाट ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ । हामी खल्तीवालेटसँग सहकार्य गरी हाम्रा ग्राहकहरुमाझ खल्तीको सजिलो मोबाईल भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा अत्यन्तै उत्साहित भएका छौँ’, उनले भने, ‘यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेको महसुस गरेका छौँ ।’

त्यसै गरी खल्तीका निर्देशक ध्रुब अधिकारीले साइन रेसुंगा डेभलपमेन्ट बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित रहेको बताए । अब साइन रेसुंगा बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नु नपर्ने बताए ।

‘उहाँहरुले बैंकबाट सिधै ‘खल्ती’मा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नुहुनेछ । नगद पैसाबिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो’, अधिकारीले भने, ‘यो पार्टनरशिपसँगै हामीलाई खल्ती नगद पैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ ।’

रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको साइन रेसुंगा डेभलपमेन्ट बैंक एक क्षेत्रीय स्तरको बैंक हो । बैंकले हाल पश्चिमाञ्चल क्षेत्रका विभिन्न स्थानमा संचालित ३९ शाखा कार्यालयहरुमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो ।

खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमा शुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ ।

हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाखभन्दा बढि रहेको छ ।