३ कार्तिक २०८३, मंगलबार

एनआईसी एशिया बैंक र ग्लोबल हस्पिटल, ग्वार्कोबीच सम्झौता

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । एनआईसी एशिया बैंक लिमिटेड र ग्लोबल हस्पिटल प्रा.लि. ग्वार्को, ललितपुरबीच बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल विजनेशका इन्चार्ज श्री रौनक करवाज्यू र ग्लोबल हस्पिटलको तर्फबाट हस्पिटलका मानव संशाधन तथा वित्त विभाग प्रमुख श्री हिमान्सु झाज्यूले हस्ताक्षर गर्नुभयो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २९० शाखा कार्यालयहरु, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैँकका नायव प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेले जनाएका छन् ।