३ कार्तिक २०८३, मंगलबार

म्याक ल्युब्रिकेन्टसको डिलर मिट सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । सिप्रदी टे«डिङ प्रालि तथा भारत पेट्रोलियमले काठमाडौँम म्याक ल्युब्रिकेन्टसको डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको कार्यक्रममा सिप्रदीले देशभरि रहेका आफ्नो अधिकारीक डिलरहरुलाई आमन्त्रित गरि कार्यक्रम गरेको हो ।

कार्यक्रममा पाहुनाहरुलाई कम्पनीको तर्फबाट सिप्रदी कम्पनीका कार्यकारी निर्देशक राजनबाबु श्रेष्ठले स्वागतग र्नुका साथै कम्पनीको आगामी योजनाको बारेमा सहभागीहरुलाई प्रष्ट पारेका थिए ।

कार्यक्रममा नेपालका लागि भारत पेट्रोलियमका प्रबन्धक मुकुन्द धमलाले नेपालको मार्केटप्रति भारत पेट्रोलियम सकारात्मक रहेको र सिप्रदी र सिप्रदीको डिलर्सहरुबाट आशा पनि धेरै रहेको बताए । साथै, सिप्रदीका उपजनरल म्यानेजर रोशनकुमार श्रेष्ठले कम्पनीको हाल अपनाई रहेको रणनीति तथा आगामी कार्ययोजनाको बारेमा स्पष्ट पारेका थिए ।

कार्यक्रममा नेपालभरी रहेका सिप्रदी सँग आबद्ध डिलरहरुमध्ये उत्कृष्ट डिलरहरुलाई विभिन्न दश विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा कम्पनीको तर्फबाट प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले सबै सम्मानित सहभागीहरुलाई बधाई दिए । साथै, कम्पनीले अपनाउने आगामी रणनीतिमा प्रतिवद्धता व्यक्त गरे ।

सिप्रदी, भारत पेट्रोलियमको ल्युब्रिकेन्टसको लागि विगत १७ वर्षदेखि नेपालको एक मात्र आधिकारिक वितरक हो ।