३० आश्विन २०८३, शुक्रबार

एनआरएनए नाइजेरियाको अध्यक्षमा थापा निर्बाचित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लेगोस , नाइजेरिया । गैरआवाशिय नेपाली संघको आज नाइजेरियाको लेगोसमा सम्पन्न सातौ बार्षिक साधारण सभाले सन २०१९- २०२१ का लागि रोशन थापाको अध्यक्षतामा सर्बसम्मतीले नयाँ कार्य समितिको गठन गरेको छ ।

वार्षिक साधारण सभालाई सम्बोधन गर्दै एनआरएनए अन्तरास्ट्रिय कार्य समितिका कोषाध्यक्ष हिक्मत थापाले सन २००८ मा स्थापना भए देखि एनआरएनए नाइजेरिया एनआरएनए अभियानको मुख्य हिस्साको रुपमा आफूलाई स्थापित भएको र एनआरएनएका सबै परियोजना र नेपालका सबै राहत सहयोग अभियानमा सक्रिय रहेकोमा गर्व गरे ।

आईसिसी महिला उप संयोजक मन थापा, आईसीसी सदस्य चिरन्जीबी रोका, पूर्व  अफ्रिका उपसंयोजक बिदुर घिमिरे, उपाध्यक्ष बीरेन्द्र गुप्ताले मन्तब्य ब्यक्त गरेका थिए ।

साधारणसभाले सन २००१९-२१ का लागि आइसीसी सदस्यमा बिश्वास पौडेललाई चयन गरेको छ भने उपाध्यक्षमा बिरेन्द्र गुप्ता,उर्मिला रोका,सुशील गिरी महासचिवमा अभिषेक मान सिंह , सचिबमा रोहित भाङ्गर ,सोमेश अर्याल कोषाध्यक्षमा रमेश गुप्ता , सहकोषाध्यक्षमा सागर उप्रेती र सदस्यहरुमा उत्तम पौडेल ,राजु धिताल ,इन्द्र टन्डन ,बिस्नु गिरी र लक्ष्मी गुरुङ निर्बाचित भएका छन ।

कार्य समितिको महिला संयोजकमा सावित्री गुप्ता र युबा संयोजकमा फिरोज आलम निर्बाचित भएका छन । त्यसैगरी सल्लाहकारमा हिक्मत थापा , चिरञ्जीवी रोका , बिदुर घिमिरे , संजय थापा र शंकर बर्मा चयन हुनु भएको छ ।

साधारण सभाले संघको छैठौं नेपाल परियोजना तत्काल नेपालको प्रदेश नम्बर ५ मा संचालन गर्ने र नेपाली सास्कृतिक कार्यक्रमको तेश्रो शृङ्खला लेगोसमा आयोजना गर्ने निर्णय गरेको छ ।