
काठमाडौँ, २९ असार । कतार एयरवेज तथा बोइङले पाँच बोइङ ७७७ हवाईजहाजको अर्डरको लागि अन्तिम सहमति गरेको छ ।
कतार राज्यका आमिर शेख तमिम बिन हमाद अल–थानी तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकारी अक्बर अल बकर र बोइङ कमर्शियल एयरप्लेन्स्का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केभिन मेकेलिस्टरबीच हस्ताक्षर भएको हो ।
कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकारी अल बकरले कतार राज्यका आमिर शेख तमिम बिन हमाद अल–थानी तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा पाँच बोइङ ७७७ हवाईजहाजको अर्डरको लागि हस्ताक्षर गर्नु ऐतिहासिक कदम भएको बताए ।
‘बोइङ कमर्शियल एयरप्लेन्ससँगको हाम्रो गहिरो सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर पाउँदा हामी अत्यन्तै खुसी छौँ’, उनले भने ।















प्रतिक्रिया