३ कार्तिक २०८३, मंगलबार

कास्कीको छिनेडाँडामा कामना सेवाकोे ९४ औँ शाखा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा कास्की जिल्लामा पोखरा महानगरपालिका वडा नं. १४ स्थित छिनेडाँडामा आज असार २९ गते आफ्नो ९४औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक श्री चतुराखर अधिकारी ,संचालक श्री देव कृष्ण काफ्ले तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार सुभारम्भ गर्नु भएको थियो । यस बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ९४ वटा शाखा तथा ४५ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले ABBS, Latest Internet Banking and Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।